News Portal

  • पुनर्निर्माणमा अर्जुनको अर्जुन दृष्टी : ३ दिनमा ९ विद्यालय हस्तान्तरण

    इभक्तपुर संवाददाताकाठमाडौं, ११ पुस
    १८२५ पटक
    काठमाडौं, ११ पुस

    काठमाडौमा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । पुनर्निमाण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) काठमाडौका प्रमुख रहेका अर्जुन रायमाझीले विद्यालय पुनर्निर्माणमा अर्जुन दृष्टी लगाएपछि यसले छिट्टै पूर्णता पाउने भएको हो ।

    काठमाडौमा विहीवार ३ विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरेको पुनर्निमाण प्राधिकरणले शुक्रवार एकै दिन थप ३ विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरेको छ ।

    त्यसैगरी शनिवार पनि अन्य ३ विद्यालयका नयाँ भवन हस्तारण कार्यक्रम तय भैसकेको पुनर्निमाण प्राधिकरण अन्तर्गत विद्यालय हेर्ने जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख अर्जुन रायमाझीले जनाएका छन् ।

    शुक्रवार एकै दिन धर्म विद्याश्रम आधारभूत विद्यालय तारकेश्वर, आत्म विकास आधारभूत विद्यालय बुढानिलकण्ठ र बुढानिलकण्ठ मावि बुढानिलकण्ठलाई नयाँ भवन हस्तान्तरण गरिएको थियो । हिजो बिहिवार पनि जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)ले दक्षिणकाली नगरपालिकाका तीन विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरेको थियो भने शनिवार पनि कंकाली मावि चन्द्रागिरी, कुञ्चिप्वाकल मावि तारकेश्वर र सीतापाइला मावि नागार्जुनलाई नयाँ भवन हस्तान्तरण गरिने रायमाझीले जानकारी दिए ।

    यसरी ३ दिनमा ९ विद्यालय हस्तान्तरण गर्ने काठमाडौको कार्यसम्पादन उत्कृष्टताको अनुकरणीय नमूना भएको सरोकारवालाहरुको समेत भनाइ रहेको छ । नयाँ भवन पाएर साना विद्यार्थी मात्र होइन , शिक्षक र स्थानीय वासिन्दा समेत दङ्ग देखिएका छन् ।

    जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंका इकाई प्रमुख अर्जुन रायमाझीले केही समयमै विद्यालय पुनर्निर्माणले पूर्णता पाउने जिकिर गर्दै काठमाडौंमा विद्यार्थी अस्थायी टहरामा पढ्न नपर्ने दावी गरे । आफू भाषणमा भन्दा काममा विस्वास गर्ने बताउदै रायमाझीले अहिले कुरा कम र काम बढी गर्ने समय भएको जिकिर गरेका छन् ।

    नयाँ भवनमा विद्यार्थी भर्ने र गुणस्तरीय शिक्षा दिने काम विद्यालयको भएको भन्दै उनले भने, ‘अब भवन छैन भनेर बहाना बनाउने छुट छैन ।’ नयाँ भवन पाएपछि पुरानै शैलीको शिक्षण सिकाइले नहुने भन्दै उनले शिक्षण सिकाइलाइ पनि नयाँ बनाएर कक्षाकोठामा जानुपर्ने आवस्यकता औल्याए ।’

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...