News Portal

  • सैनिक विद्यालय आएका प्रधान सेनापति थापाद्वारा भक्तपुरको रानीपोखरी अवलोकन

    इभक्तपुर संवाददाता
    १७६९ पटक

    भक्तपुरको वडा नं. १ स्थित सैनिक आवासीय महाविद्यालयले ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । सोमबार महाविद्यालयले ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।

    सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यता र भक्तपुर नगर प्रमुख सुनिल प्रजापति लगायतको आतिथ्यतामा कार्यक्रम भव्यरुपले सम्पन्न भएको महाविद्यालयको भनाइ छ ।

    उक्त अवसरमा एसईईमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई गोल्ड मेडल र प्रमाणपत्र, विभिन्न संकायका उत्कृष्ट विद्यार्थी र २५ वर्ष अनवरत विद्यालयमा सेवारत शिक्षक–कर्मचारीलाई ताम्रपत्र र ओसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको थियो ।

    उक्त अवसरमा सैनिक आवासीय महाविद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित अतिरिक्त क्रियाकलापका विजयीहरुलाई समेत मेडल र प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रममा विद्यार्थीहरुद्वारा सांस्कृतिक नाच, जिम्नास्टिक, टेक्वान्दो लगायतका विविध प्रतिभा प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यालयद्वारा प्रकाशित ‘सल्लाघारी २०७६’ स्मारिका समेत लोकार्पण गरिएको थियो ।

    विद्यालयको वार्षिकोत्सवमा प्रमुख अतिथि बहर आएका प्रधान सेनापति पूर्णचन्द्र थापाले सोमबार वडा नं. १ स्थित भक्तपुरको रानीपोखरीको पनि स्थलगत अवलोकन गरेका छन् । लोपोन्मुख अवस्थामा रहेको भक्तपुरको ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको रानी पोखरी जीर्णोद्धार कार्यमा भक्तपुर नगरपालिकाको भूमिका र सक्रियता बाट आफू प्रभावित भएको उनको भनाइ छ । विद्यालय परिसर भित्र रही लोपोन्मुख अवस्थामा रहेको यस पोखरी नगर प्रमुख सुनिल प्रजापतिको पहलमा नगरपालिकाले जीर्णोद्धार गरिरहेको छ जसमा नेपाली सेनाले सहयोग गरेका कारण मात्र यो सम्भव भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...