News Portal

  • पर्यटकलाई उपहारसहित स्वागत गर्दै नगर प्रमुख प्रजापति

    सिद्धपोखरी र नःपुखुमा नौका बिहारको (डुंगा) उद्घाटन

    इभक्तपुर संवाददाताभक्तपुर, १६ पुस
    ८२६ पटक
    भक्तपुर, १६ पुस

    आज भ्रमण वर्षको पहिलो दिन । बिहानै देखि भक्तपुर दरवार क्षेत्रमा मानिसहरुको भिड थियो । केको भिड भनेर बुज्दै जादा पो थाहा भयो । दरवार क्षेत्रको मुल ढोकामा भक्तपुर नगर प्रवेश गर्ने पर्यटकहरूलाई स्वागत गर्न तयार भएर बसेका थिए, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति । उनले फूलको गुच्छा, भादगाउँले कालो टोपी, भक्तपुर नगरपालिकाको प्रकाशन, विभिन्न उपहार र निःशुल्क नगर प्रवेश पास वितरण गरी स्वागत गरेका थिए ।

    नेपाल भ्रमण वर्ष २०२० शुभारम्भमा बुधबार भक्तपुर नगरपालिकाले आज प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुर नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा आज बाँसुरी बाजा र लाखे प्याखं सहित प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुरको दत्तात्रय क्षेत्रबाट सुरु भएको प्रभातफेरी ईनाचो – गोल्मढी – सुकुलढोका – टौमढी – नासमना – बंशगोपाल – भार्वाचो – नःपुखु – ईताछें – खौमा हुँदै दरवार क्षेत्रमा पुगी सभामा परिणत भएको थियो ।

    सोही अवसरमा ३२९ बर्ष पुरानो ऐतिहासिक नगरा र लयाकुस्थित घण्टा पनि बजाए । बुधबार दरबार क्षेत्रमा आयोजित प्रभातफेरी, स्वागत तथा सांस्कृतिक कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशैभरि भ्रमण वर्षको सफल सुरुवात भएको जानकारी दिए ।

    देशको अर्थतन्त्र बलियो बनाउन नेपाल सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने प्रतिबद्धता जनाइ सकेको छ । प्रमुख प्रजापतिले नेपालको अर्थतन्त्र विकास गर्न पर्यटनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    भक्तपुर नगरपालिकाले भक्तपुरको मल्लकालीन सम्पदाहरू पुनःनिर्माण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियान चलाइरहेको बताउनुहुँदै उहाँले भक्तपुरलाई सुरक्षित र पर्यटकीय उत्कृष्ट गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्यस्वरुप अगाडि बढिरहेको बताएका छन् ।

    भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भ्रमण वर्षलाई राष्ट्रिय पर्वको रुपमा मनाउने अभियानस्वरुप भक्तपुर नगरपालिकाले आगामी दिनहरूमा गर्ने गतिविधिहरूबारे जानकारी गराए ।

    पहिलो नगर प्रवेश गर्ने जर्मनी नागरिक भेरेना वास्टिकले भक्तपुर नपाले गरेको न्यानो स्वागतप्रति अभार प्रकट गरे । प्रभातफेरि कार्यक्रममा वडाध्यक्ष एवं वातावरण तथा पर्यटन समितिका संयोजक श्री रबिन्द्र ज्याख्वले शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै पर्यटक सेवा तथा सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले पनि आफ्नो बिचार प्रस्तुत गरेका थिए ।

     

    सिद्धपोखरी र नःपुखुमा नौका बिहारको (डुंगा) उद्घाटन

    बुधबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी भक्तपुर वडा नं. १ सिद्धपोखरीमा बुधबार नौका बिहार (डुंगा सञ्चालन) को उद्घाटन गरेका छन् ।

    उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले सिद्धपोखरी पुनःनिर्माण र जीर्णोद्धारको समयको स्मरण गर्नुहुँदै पोखरीलाई नयाँ जीवन दिन भक्तपुर नपाका जनप्रतिनिधि र स्थानीय जनताको उल्लेखनीय सहयोग प्राप्त भएको जनाएको छ ।

    भ्रमण वर्षको अवसर पारी भक्तपुर नगरपालिकाले भक्तपुरको सिद्धपोखरीमा नौका बिहार (डुंगा) सञ्चालनमा ल्याएको बताउंदै उनले ढुंगा सञ्चालनलाई व्यवस्थित बनाउन कार्यविधि नै बनाएर अगाडि बढ्ने जानकारी दिए ।

    भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भने – ‘भक्तपुरको पोखरीहरूलाई जीवन प्रदान गर्न पोखरीहरुमा ढुंगा सञ्चालन गरी नौलो कामको सुरुवात गरेको हो ।’

    भक्तपुर नपा वडा नं. १ का पूर्व वडाध्यक्ष लक्ष्मीनारायण राजलवटले सिद्धपोखरीमा धेरै वर्ष अगाडि पनि डुंगा सञ्चालन गरेको इतिहास रहेको बताउनुहुँदै पोखरीको चारै दिशामा हरियाली प्रवद्र्धन र सरसफाइ व्यवस्थापनमा नगरपालिकाको ध्यानाकर्षण गराए ।

    कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि बोलेका थिए ।

    भक्तपुर नगरपालिकाले भ्रमण वर्ष २०२० को अवसरमा बुधबार बेलुकी सिद्धपोखरी र कमलपोखरीमा दीपावली गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...

    सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

    निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्...

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...