News Portal

  • नयाँ भवन जस्तै विद्यार्थी संख्या र शिक्षण सिकाइमा पनि कुनै खोट हुनु भएन – पूर्वप्रधानमन्त्री नेपाल

    इभक्तपुर संवाददाता
    ४०१३ पटक

    काठमाडौं । भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविले अत्याधुनिक भवन पाएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार विद्यालयलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् ।

    भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयको भवन जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले पुनर्निर्माण गरिदिएको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा ४ करोड १२ लाख लागतमा २ वर्षमा निर्मित २२ कोठे अत्याधुनिक भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो । यो भवनसँगै एसियाली विकास बैंकको ऋण सहयोगमा काठमाडौंमा बन्नुपर्ने ११ वटै भवनको निर्माण सम्पन्न भएको छ ।


    विद्यालयलाई नयाँ भवन हस्तान्तरण गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पुनर्निर्मित भवनमा विद्यार्थी भरेर उनीहरुलाई टिकाउने र सिकाउने जिम्मा विद्यालयको भएको बताए ।

    विद्यालयको भवनमात्रै ठूलो तर, कक्षाकोठा खाली नहोस्, नेपालले भने– जसरी नयाँ भवनमा कुनै खोट छैन त्यसरी नै विद्यार्थी संख्या र शिक्षण सिकाइमा पनि कुनै खोट हुनु भएन ।

    सरकारले विद्यालय भवन, शिक्षक दरबन्दी, पाठ्यपुस्तक, तालीम, छात्रवृृत्ति दिइरहेको अवस्थामा अब सामुदायिक विद्यालयहरुले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याएर टिकाउँदै सिकाउँदै तह पार गर्नुपर्नेमा उनले जोड दिए ।


    बालबालिकालाई किताबको घोकन्ते सिकाइभन्दा माथिल्लो स्तरको जीवनउपयोगी सीप र प्राविधियुक्त सिकाइ दिन आग्रह गर्दै पूर्वप्रधानमन्त्री नेपालले सिकाइलाई खेलकुद, गीतनृत्य र स्विमिङसँग जोड्नुपर्ने बताए ।

    स्कूल बन्यो अब पढाइ बनाउनुस्– नेपालले भने, बालबालिकालाई कान समातेर होइन माया गरेर सिकाउनुस् ।

    आगामी दिनमा शिक्षकले पढाएको अनुगमन गर्न सुटुक्क कक्षाकोठामा आउने उद्घोष गर्दै उनले बालबालिकालाई स्कूल आउँ–आउँ लाग्ने बनाउन आग्रह गरे । विद्यालयलाई प्रविधियुक्त सिकाइका लागि सहयोग गर्ने उनले प्रतिबद्धता समेत जनाए ।


    जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंका प्रमुख अर्जुन रायमाझीले नयाँ बनेको विद्यालय भवनमा विद्यार्थी भर्न र गुणस्तरीय शिक्षा दिन स्थानीय सरकार र विद्यालयसँग आग्रह गरे । नयाँ भवनको संरक्षण र सुरक्षालाई ध्यान दिन आग्रह गर्दै रायमाझीले विद्यार्थी आकर्षित हुनेगरी सिकाइ सुधार्न शिक्षकहरुसँग आग्रह गरे ।

    विद्यालयका प्रधानाध्यापक मानबहादुर तामाङले नयाँ भवनमा नयाँ शिक्षा दिने प्रतिबद्धता जनाए । भवन नहुँदा यसकैमात्र चिन्ता रहेपनि अब सिकाइ सुधारको चिन्ता मात्रै बाँकी रहेको भन्दै उनले प्रविधियुक्त सिकाइका लागि सहयोग गर्न सरोकारवालाहरुसँग आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...