News Portal

  • निकोसेरास्थित खस्याङखुसुङ् खाेलाबाट प्रस्तावित वीर अस्पतालसम्म करिडाेर निर्माण गरिने

    भक्तपुर, २२ पुस
    २५७० पटक
    भक्तपुर, २२ पुस

    मध्यपुर थिमी वडा नं ९ निकोसेरास्थित खहरे खोला (खस्याङ खुसुङ् खाेला) मा करिडाेर निर्माण गरिने भएको छ । निकोसेरा हुँदै दुवाकाेटकाे प्रस्तावित वीर अस्पताल सम्म पुग्न करिडाेर निर्माण गरिने भएको हो ।

    सोमबार करिडोर निर्माणका लागि सांसद महेश बस्नेत नेतृत्वको टोलीले फिल्ड निरीक्षण गरेको छ । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख बेलबहादुर भुजेल र ईन्जिनियरहरु सहितको टोलीले फिल्ड नापजाँच समेत गरेको सांसद बस्नेतका स्वकीय सचिव दिनेश थापाले भक्तपुर पोस्टलाई बताए । उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भक्तपुरका सचिव डीपी ढकाल लगायत नेताकार्यकर्ता तथा स्थानीय अगुवाहरुको पनि उपस्थिति रहेको थियो ।

    किन चाहियो करिडोर
    भक्तपुरको दुवाकोटमा स्थानान्तरण हुने भनिएको वीर अस्पताल परियोजनाका लागि सडक अनिवार्य सर्त हो । विद्यमान साघुरो सडकलाई कारण देखाउदै उक्त परियोजना दुवाकोटमा अनुपयुक्त भएको भनिएपछि भक्तपुरका नेता तथा जनप्रतिनिधिहरु सडक फराकिलो बनाउने बिषयमा एकमत देखिएका छन् । त्यस परियोजना सम्म पुग्न खस्याङ खुसुङ् खाेला करिडोर लाई प्राथमिकतापूर्वक अघि सारिएको हो । निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचित सांसद समेत रहेका भक्तपुरका नेता महेश बस्नेत यसको पहलकर्ता नै भएपछी करिडोर निर्माणको योजना अघि बढेको हो ।

    कस्तो बन्छ करिडोर
    खस्याङखुसुङ् खाेला मध्यपुर र चाँगुनारायण नगरपालिकाको सीमाना पनि हो । दुवै नगरबासी यो करिडोर निर्माण बाट लाभान्वित हुने अपेक्षा समेत गरिएको छ । खस्याङ खुसुङ् खाेला करिडोर ११ मिटर चौडा गरि प्रस्तावित वीर अस्पताल सम्म पुर्याइएने बताइएको छ । यो करिडोर करिब साढे ४ किलोमिटर लामो रहने छ ।

    कसरी बन्छ करिडोर
    वीर अस्पताल दुवाकोट स्थानान्तरण परियोजना स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा परेको परियोजना हो । यो परियोजनाको डीपीआर र भवन निर्माण गर्ने चिनिया पक्षको बाटो लगायतका भौतिक पूर्वाधार बनाउने जिम्मा नेपाल सरकारलाई छ । नेपाल सरकारले नै बजेट बिनियोजन गरि खस्याङ खुसुङ् खाेला करिडोर बनाउने बताइएको छ ।

    करिडोर निर्माणको आधार के
    भक्तपुरको दुवाकोटमा स्थानान्तरण हुने भनिएको वीर अस्पताल दुवाकोटमा बन्न नसक्ने तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उद्घोष नै गरेपछि भक्तपुरका नेताहरु त्यसलाई अन्यत्र लग्न नदिन एकमत छन् । खासगरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी( नेकपा) ले गत मङ्सिरमा सम्पन्न उपनिर्वाचनमा यो परियोजना दुवाकोटमै बन्ने ग्यारेन्टी गर्दै प्रतिवद्धता पत्र नै सार्वजनिक गरिसकेको छ । परियोजना अघि बढाउँन सडक निर्माण अनिवार्य भएकोले यो करिडोर निर्माणमा भक्तपुरका नेताहरुले सरकारलाई सक्रिय बनाउने कुरा निश्चित रहेको नेकपा भक्तपुरका सचिव डीपी ढकाल बताउछन ।

    उक्त क्षेत्रका संघीय सांसद समेत रहेका नेता महेश बस्नेतका अनुसार सोमवार नै अर्थ मन्त्रालयमा अर्थमन्त्री,स्वास्थ्यमन्त्री लगायत उनीहरुका सचिव र वीर अस्पतालका पदाधिकारीसहितको बैठकले प्रस्तावित दुवाकाेटकाे वीर अस्पतालसम्म पुग्नेगरी खस्याङ खुसुङ् खाेला करिडोर बनाउन सहमती भैसकेको छ । यस अघि विनियोजित ४० करोडलाई पूर्वाधार निर्माणमा लगाउने र आवश्यक थप बजेट विनियाेजन गर्ने सहमति पश्चात् नै बाटोकाे नापजाँच र फिल्ड निरीक्षण सम्पन्न गरिएको बताइएको छ ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्नुभयो ?

    प्रतिकृया दिनुहोस्

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...

    सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

    निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्...

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...