News Portal

  • इरानमा कासिम सुलेमानीको अन्तिम संस्कारमा भागदौड, कम्तीमा ३० जनाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाता२२ पुस
    ६२२ पटक
    २२ पुस

    अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ। सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका थिए।

    आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत भएको पुष्टि गरेका छन्। इरानबाट प्राप्त विवरणअनुसार दर्जनौँ मानिसहरू घाइते भएका छन्। शोकाकुल मानिसहरूले सुलेमानीको तस्बिर र रातो झण्डा बोकेका थिए। शिया परम्पराअनुसार रातो झण्डाले प्रतिशोधको सङ्केत गर्छ।

    इरानले उनको हत्याको प्रतिशोध लिने उद्घोष गरिसकेको छ।केही दिनदेखि इरानका विभिन्न स्थान हुँदै उनको गृहनगरसम्म सुलेमानीको शवयात्रा गरिएको थियो।उनको शवलाई शहीदका लागि बनाइएको एउटा चिहानमा समाधिस्थ गरिँदैछ। सुलेमानीको मृत्युपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ।

    इरानको विशिष्ट सैन्य बल कूड्स फोर्सका प्रमुख सुलेमानीलाई सर्वोच्च नेता आयतूला अली खामनेईपछि दोस्रो लोकप्रिय नेता मानिन्थ्यो।

    तर अमेरिकाले उनलाई आतङ्ककारी घोषणा गरेको थियो।

    यसैबीच न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको भ्रमण गर्न लागेका इरानी विदेशमन्त्रीलाई अमेरिकाले प्रवेशाज्ञा दिन अस्ीकार गरेको छ।त्यो निर्णयले राष्ट्रसङ्घ मुख्यालयमा विदेशी नेताहरूलाई जान दिन गरिएको एउटा सहमितको उल्लङ्घन गर्छ।इरानमा बोल्दै इरानी विदेशमन्त्री जावाद जरिफले अमेरिकाले सुलेमानीको हत्या गरेर ठूलो गल्ली गरेको टिप्पणी गरेका छन्।

    इरानको संसद्ले अमेरिकी सेना र पेन्टागनलाई आतङ्कवादी सङ्गठन घोषणा गर्ने एउटा प्रस्ताव पारित गरेको छ। संसद्ले कूड्स फोर्सका लागि अतिरिक्त रकम विनियोजन गरेको छ।इरानको दक्षिणपूर्वी नगर केर्मानमा भेला भएका मानिसहरूलाई सम्बोधन गर्दै इरानको रेभलूशनरी गार्ड्स (आईआरजीसी) का प्रमुख हुसेन सलामीले भने, “शहीद कासिम सुलेमानी अहिले अझ शक्तिशाली भएका छन्… अहिले उनको मृत्यु भएको छ।”

    इरानमा इस्लामिक प्रणालीको रक्षा गर्न चार दशकअघि आईआरजीसीको गठन भएको थियो। त्यसयता उक्त समूह एउटा महत्त्वपूर्ण सैन्य, राजनीतिक र आर्थिक बलको रूपमा स्थापित भएको छ।कूड्स फोर्स आईआरजीसीअन्तर्गत रहेरको थियो। उसले विदेशमा गोप्य गतिविधि सञ्चालन गर्दै आएको छ।

    झन्डै ५,००० जना भएको कूड्स फोर्स जनरल सुलेमानीको नेतृत्वमा थियो। उनले इरानका सर्वोच्च नेताबाट सोझै निर्देशन लिने गरेको थिए।

    विविसी नेपालीबाट

    प्रतिकृया दिनुहोस्

    स्पा सेन्टरका संचालक पौडेल पक्राउ

    रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका...

    भक्तपुर नगरपालिकाले सम्पूर्ण लागत आफै व्यहोर्ने गरी बनाउँदैछ थन्थु दरवार

    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाड्डको नेत्रित्वामा आएको एक टोलीले भक्तपुर नगरपालिकाको पुरानो नगरपालिका भवन रहेको...

    भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प

    भक्तपुरमै केन्द्रबिन्दु गरी भूकम्प गएको छ । भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर मंगलवार राति करिब...

    गीत संगीतले संदेश दिन सक्नुपर्छ : सुनिल प्रजापति

    sunil prajapati bhaktapur

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गीत संगीतले समाजलाई संदेश दिन सक्नुपर्ने प्रष्ट पारेका छन् ।...

    अन्नको सम्मान गर्ने पर्व ‘सकिमना पुन्ही’ सम्पन्न

    sakimana punhi

    अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने...