News Portal

  • तीन महिनामा ६० हजार युवाहरुलाई रोजगारी दिने श्रममन्त्रीको घोषणा

    भक्तपुरपोष्ट संवाददाता२२ पुस
    ६४७ पटक
    २२ पुस

    काठमाडौँ । सरकारले तीन महिनामा ६० हजार युवाहरुलाई रोजगारी दिने भएको छ । मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत तीन महिनाभित्र ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिने घोषणा गरेको हो ।

    श्रम मन्त्रालय सम्हालेको डेढ महिनापछि पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले यस्तो घोषणा गरेका हुन् । उनले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अनुसार रोजगारी दिइने बताए ।

    सरकारले प्रधानमन्त्री रोजगारी कार्यक्रमको लागि चालु आर्थिक वर्षको लागि ५ अर्ब एक करोड रुपैयाँ विनियोजित गरेको थियो । यसको ७० प्रतिशत रकम पारिश्रमिकको लागि मात्रै भुक्तानी गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । रोजगारी सञ्चालन गर्नको लागि ५ सय स्थानीय तहबाट प्रस्ताव आएको मन्त्रालयको भनाइ छ ।

    ‘गत आर्थिक वर्ष एक लाख ८७ हजारलाई १३ दिनको रोजगारी दिइएको थियो । त्यो हाम्रो पहिलो वर्ष थियो । त्यतिखेर आर्थिक बर्षको अन्त्यमा स्थानीय तहलाई रकम पठाइएको थियो । तयारी वर्ष थियो,’ प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख प्रकाश दाहालले पत्रकार सम्मेलनमा भने, ‘यो वर्ष आउँदो माघ १५ गतेभित्र स्थानीय तहलाई बजेट पठाइसक्नेछौं ।’ पहिलो वर्ष यो कार्यक्रमको लागि २ अर्ब ३६ करोड रुपैयाँ छुट्टाइएको थियो ।

    मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकार इराकमा रहेका नेपालीलाई उद्धारको तयारीमा जुटेकाे समेत जनाएकाे छ । इराकमा रहेका नेपालीलाई ‘रेस्क्यु’ गर्ने योजना बनाइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताएका हुन्।

    उनका अनुसार परराष्ट्र मन्त्रालयको अगुवाइमा ‘एक्टिभ’ टोली बनाउने र पलपलको खबर राख्ने योजना सरकारले बनाएको छ।

    यता, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले इराकमा रहेका नेपालीको तथ्यांक संकलन कार्य भइरहेको बताएका छन्। सरकारले नेपाली नागरिकलाई इराक जान प्रतिबन्ध लगाएको छ। इराकमा अवैध तरिकाले नेपाली पुग्ने गरेका छन्।

    अवैध तरिकाले नेपाली इराक जाने गरेकाले यसबारेमा सरकारसँग एकिन तथ्यांक छैन। ‘इराकमा कति व्यक्ति छन्, परराष्ट्र मन्त्रालयमार्फत डाटा संकलन हुँदैछ’ उनले भने ‘ दुई मन्त्रालयबीच अस्तिमात्रै छलफल भएको थियो, स्टाटस लिने काम हुदैछ।’ परराष्ट्रसँग ‘कनेडिनेसन’ गरेर इराकमा रहेका नेपाली नागरिकलाई सुरक्षित राख्न केन्द्रित भएको बताए।

    यसअघि दुई शक्ति राष्ट्रबीचको तनाव युद्धको अवस्थामा पुगेपछि परराष्ट्र मन्त्रालयले खाडी तथा मध्यपूर्वी क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे सम्पूर्ण जानकारी लिन त्यहाँस्थित राजदूतावासलाई निर्देशन दिएको थियो। परराष्ट्र प्रवक्ता भरतराज पौड्यालका अनुसार इरान र इराकसहित सबै मध्यपूर्वी तथा खाडी मुलुकमा रहेका नेपालीको अवस्थाबारे यथोचित जानकारी बटुल्न राजदूतावासलाई निर्देशन दिइएको छ।

    पौड्यालले दूतावास नभएका मुलुक हेर्ने निकायलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क रहन पनि भनिएको जानकारी दिए। आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवसहितको बैठक पनि बसेको थियो। उक्त बैठकले खाडीका सबै राजदूतावासलाई त्यहाँस्थित सबै नेपालीसँग नजिकबाट सम्पर्कमा रहन भनेको छ।

    प्रतिकृया दिनुहोस्

    उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।आइतबार उनी डिस्चार्ज...

    भक्तपुरमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न माओवादी केन्द्रका उपमहासचिव पुनको निर्देशन

    पूर्व मन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन अनन्तले भक्तपुरमा प्रतिपक्षीको भूमिका...

    सञ्चारकर्मी एवं साहित्यकार आशुतोषको अमेरिकामा ब्रेकफास्ट गरौंला सार्वजनिक (भिडियोसहित)

    भक्तपुरका सञ्चारकर्मी एवं सुपरिचित साहित्यकार रामगोपाल आशुतोषको शब्दमा उनिएको ‘अमेरिकामा ब्रेकफास्ट गरौंला’ बोलको गीतमा म्युजिक...

    सल्लाघारीमा मौलिक नेवारी स्वादको नेवा: ननी शुरु

    भक्तपुरमा मौलिक नेवारी खाजा र खानाको स्वाद पस्कने नेवाः ननी शुभारम्भ भएको छ । भक्तपुर...

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...