News Portal

  • सानोठिमीस्थित जनक शिक्षा आइपुगेका मन्त्री पोखरेल आफ्नो निर्णय लागू भएको देख्दा दंग

    भक्तपुर, २१ पुस
    ११७५ पटक
    भक्तपुर, २१ पुस

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको टोलीले भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गरेको छ । मंगलवार उक्त टोलीले पाठ्यपुस्तक छपाइको अवस्थाबारे अनुगमन गरेको हो ।

    मन्त्री नेतृत्वको टोलीमा शिक्षा सचिव महेश दाहाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम भट्टराई लगायत सहभागी रहेका थिए । मन्त्रीको टोली आगामी शैक्षिक सत्र २०७७ का लागि आवश्यक रङ्गीन पाठ्यपुस्तक छपाइको अनुगमन गर्न सानोठिमी आएको मन्त्री पोखरेलका प्रेस संयोजक सुनिल खड्काले भक्तपुर पोस्टलाई बताए ।

    अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले जनक शिक्षाले आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पुर्याउने गरी छपाइ कार्य गरिरहेकोको प्रति सन्तोष व्यक्त गरे ।आफूले यस अघिको कार्यकालमा रङ्गीन पाठ्यपुस्तक छपाउने निर्णय लिएको स्मरण गर्दै मन्त्री पोखरेलले अहिले कक्षा ८ सम्म रङ्गीन पुस्तक छापिदै गरेको देख्दा खुशी लागेको बताए ।

    उक्त अवसरमा मन्त्री पोखरेलले प्रदेशस्तरमा समेत पुस्तक छपाइ र वितरणको काम शुरु गर्ने आफ्नो योजना रहेको समेत खुलासा गरे । शिक्षाको पहिलो आधार पाठ्यपुस्तक भएको भन्दै उनले यसमा कुनै लापरवाही गर्न नहुनेमा जोड दिएका थिए ।

    अनुगमनका क्रममा मन्त्रालयका सचिव महेश दाहालले केन्द्रले अब पाठ्यपुस्तक छाप्ने मात्रै नभई सबै बाहिरबाट काम ल्याएर संस्थाको आम्दानी बढाउने कार्य तर्फ समेत ध्यान पुर्याउनेपर्ने बताएका थिए भने केन्द्रका प्रबन्ध सञ्चालक महेश तिमिल्सिनाले आफ्नो कार्यकालमा पाठ्यपुस्तक अभाव हुन् नदिएको दावी गर्दै आगामी योजनाहरु सुनाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...