News Portal

  • भक्तपुर दरवार क्षेत्रमा पहिलोपटक प्रधानमन्त्री ओलीलाई आमन्त्रण गर्ने निर्णय

    भक्तपुर, २३ पुस
    ३३१५ पटक
    भक्तपुर, २३ पुस

    भक्तपुर नगरपालिकाले प्रधानमन्त्री र मन्त्रीहरुलाई आमन्त्रण गरेर कुनै औपचारिक कार्यक्रम गरेको देखिंदैन तर माघमा भक्तपुरको दरवार क्षेत्रमा मनाइने राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा भने प्रमुख अतिथिको रुपमा देशका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गर्ने औपचारिक निर्णय नै गरिएको छ ।

    विक्रम सम्वत १९९० साल माघ २ गते गएको महाभूकम्पको दिनलाई विगत २२ वर्ष देखि राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रुपमा मनाइदै आइएकोमा यस वर्ष भक्तपुरमा मूल समारोहसहित उक्त दिवस मनाइने भएको छ । मूल समारोहको व्यवस्थापकीय जिम्मा लिएको भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न राष्ट्रिय भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिको बैठकले मूल समारोहमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री ओलीलाई आमन्त्रण गर्ने औपचारिक निर्णय गरेको हो ।

    २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्य रुपमा सम्पन्न गर्न बैठकले महत्वपूर्ण निर्णयहरु लिएको उपसमितिका सचिव समेत रहेका भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व:ले भक्तपुर पोस्टलाई जानकारी गराए । ज्याख्व:ले जनाए अनुसार मूल समारोह भक्तपुर दरवार क्षेत्रमा २०७६ माघ २ गते बिहीबार दिनको १ः३० बजे भव्यताका साथ सम्पन्न गर्ने र उक्त समारोहको प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा गर्ने निर्णय गरिएको छ ।

    त्यसैगरी निर्णयानुसार राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ को मूल समारोह अघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति नेतृत्वमा भनपा १० स्थित लामगाल पुखुबाट मध्यान्ह १२ वजेबाट र्याली गर्ने र सोही समयमा उपप्रमुख रजनी जोशीको नेतृत्वमा वडा नम्बर १ स्थित भाज्या पुखुबाट अर्को र्याली गर्ने बताइएको छ । लामगाल पुखुबाट सुरु जून र्याली नवदुर्गा – गछेें – सकोलान – दत्तात्रय – इनाचो – गोल्मदी – सुकुलढोका – त्रिपुरा सुन्दरी हुदै दरवार क्षेत्रमा सभामा परिणत हुनेछ भने भाज्या पुखुको र्याली इनागा – भार्वाचो – तेखापुखु – बंशगोपाल – नासमना – तालाक्व – टौमढी – क्वाछें – साकोठा हुँदै दरवार क्षेत्रमा पुगी सभामा परिणत हुनेछ । दुवै र्याली दिसो १: ३० अघि नै दरवार क्षेत्रमा पुगेपछि मूल समारोह शुरु हुने निर्णय गरिएको बताइएको छ ।

    र्याली शुरु हुने दुवै स्थानमा ख्वप कलेजबाट जनचेतनामूलक नाटक प्रदर्शनी र नेपाल स्काउट, रेडक्रस सोसाइटी लगायत बाट विपद् व्यवस्थापन सम्वन्धि विशेष प्रस्तुती रहनुका साथै र्यालीमा सुरक्षा निकायका व्यान्ड बाजा टोली सा“स्कृतिक समूहहरु, धिमे बाजा, बासुरी बाजा, माक प्याख“, लाखे प्याख लगायतको आकर्षक सहभागीता हुने भनिएको छ ।

    बुधवार दिउसो नगरपालिकाको सभाहलमा सम्पन्न राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ को व्यवस्थापन उपसमितिको बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ सालको भूकम्पमा भक्तपुरले अपूर्णनीय क्षती व्यहोर्नु परेको स्मरण गर्दै यस्ता दिवसले जनचेतनामा अभिवृद्धि हुने र सम्भावित जोखिम कम हुने विस्वास व्यक्त गरेका थिए भने भक्तपुरकी सीडीओ हुमकला पाण्डेले राष्ट्रिय समारोह भक्तपुरमा आयोजना हुनु समग्र भक्तपुरबासीको लागि गौरव र अवसरको विषय समेत भएको बताएकी थिइन् ।

    बैठकमा नगरपालिकाका उपप्रमुख रजनी जोशी एवं जनप्रतिनिधिहरु,भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)का उपाध्यक्ष विजयकृष्ण उपाध्याय, भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधान, वीरदल गण सूर्यविनायकका गणपति शिवप्रसाद पौडेल, सशस्त्र प्रहरी भक्तपुर प्रमुख,नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दीपक कोइराला,भक्तपुर उद्योग वाणिज्य संघकी महासचिव त्यसैगरी पत्रकार,प्राध्यापक, शिक्षक, विद्यार्थी लगायतका प्रतिनिधिहरु सहभागी भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...