News Portal

  • अनिवार्य अवकाशित अस्थायी शिक्षकलाई सुविधा र अस्थायी सेवाअवधि गणना गर्न माग

    भक्तपुरपोष्ट संवाददाता२४ पुस
    ८६४ पटक
    २४ पुस

    तनहुँ । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले अनिवार्य अवकाशित अस्थायी शिक्षकहरुलाई सुविधा र स्थायी भएकाहरुको पुरा अस्थायी सेवाअवधि गणना गर्न माग गरेको छ ।

    गण्डकी प्रदेश, तनहुँको भिमाद नगरपालिका वडा नम्बर ४ माझकोटमा अस्थायी शिक्षक आन्दोलनका हस्तीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा आन्दोलन समितिका अध्यक्ष निरेन्द्र कुँवरले सरकारसँग यस्तो माग गरेका हुन् ।

    सरकारले शिक्षा ऐनको नवौं संशोधन गरेर अस्थायी शिक्षकहरुको व्यवस्थापनको प्रयास गरेपनि सो समय अघि नै उमेरहदले अनिवार्य अवकाश भएका शिक्षकहरु अन्यायमा परेका भन्दै कुँवरले उनीहरुलाई पनि सुविधाको दायरामा ल्याउन माग गरेका हुन् ।

    यस्तै, आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएका शिक्षकहरुलाई पनि पेन्सन प्रयोजनका लागि सम्पूर्ण अस्थायी सेवाअवधि गणना गर्नुपर्ने कुँवरले जिकिर गरे ।

    प्राथमिक विद्यालय, निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकहरुलाई सरकारले अपमान जनक ढंगले हटाउने निर्णय गरे लगत्तै देशैभरका अस्थायी शिक्षकहरु २०५५ साल देखि आन्दोलनमा उत्रिएका थिए ।

    उनीहरुले यसअवधिमा पेशागत हकहित र मर्यादाको निमित्त विविध प्रकारका चरणबद्ध आन्दोलनहरु गरेका थिए ।

    अस्थायी शिक्षकहरुले चक्काजाम, मन्त्रालय घेराउ, विद्यालयको पठनपाठन ठप्प, सिंहदरबार घेराउ, कहिले पर्चा र प्लेकार्डसहित हजारौंको लामालस्कर र नाराबाजी, रिले अनशन तथा बीचमा आमरण अनशन समेत बसेका थिए ।


    २०६१ सालमा शिक्षकद्वय विश्वरञ्जन पौडेल (तनहुँ) र मोहम्मद अमानुल्लाह (रौतहट) आमरण अनशनमासमेत बसेका थिए ।
    आन्दोलनकै क्रममा २०७० चैत २६ गते बानेश्वरस्थित संसद भवनको दर्शक दीर्घामा बसी संसद चलिरहेकै अवस्थामा अस्थायी शिक्षकहरुले संसदमै नाराबाजीसमेत गरेका थिए ।

    नाराबाजी पश्चात अस्थायी शिक्षक केन्द्रीय समितिका महासचिव दिनेश थापा (महालक्ष्मी आधारभूत विद्यालय) काठमाडौं, केन्द्रीय सदस्य उद्धब भण्डारी (सेतीदेवी प्रावि) काठमाडौं, शिक्षक झक्कु बुढा (सल्यान), केशव पोखरेल (सुनसरी), रुपा चौधरी (सुनसरी), कल्पना भुजेल (सुनसरी), सुरेश चौधरी (सुनसरी), जयनारायण चौधरी (काठमाडौं) पक्राउसमेत परेका थिए ।


    सोही आन्दोलनको फलस्वरुप अस्थायी शिक्षकहरु आन्तरिक परीक्षामा सहभागी हुन पाउने र स्थायी हुन नसकेमा सुविधासम्म पाउने प्रावधान बनेको समेत अध्यक्ष कुँवरले स्मरण गरेका थिए ।

    तरपनि, अझै हजारौं अस्थायी शिक्षकहरु अन्यायमा परेका छन्, साढे छत्तिस वर्ष अध्यापन गरेका कास्कीका टेकनाथ गौतम अनिलवार्य अवकाश भएर खालीहात बिदा हुन पर्यो । कुँवरले भने– बझाङका टिकाबहादुर घर्ती पनि तीसौं वर्ष अस्थायी सेवा गरेर अहिले बिचल्लीमा परेका छन् ।

    टेकनाथ र टिकाबहादुरहरुले न्याय नपाएसम्म अस्थायी शिक्षक आन्दोलन नरोकिनेसमेत कुँवरले स्पष्ट पारे । स्थायी भएकाहरुको पनि पेन्सनका लागि सेवाअवधि पुग्दैन अब उनीहरुको अस्थायी सेवा अवधि गणना गराउन अर्को आन्दोलनको विकल्प नभएको कुँवरले बताए ।
    कार्यक्रममा भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल र कुँवरले अस्थायी शिक्षकहरुलाई मैनबत्ती जस्तै जलेर ज्ञानको ज्योति प्रदान गरेका साथै विभिन्न आन्दोलनमा योगदान पुर्याएका भन्दै अस्थायी शिक्षकहरुका हस्तीहरुलाई प्रशंसा–पत्र दिई सम्मान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    स्पा सेन्टरका संचालक पौडेल पक्राउ

    रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका...

    भक्तपुर नगरपालिकाले सम्पूर्ण लागत आफै व्यहोर्ने गरी बनाउँदैछ थन्थु दरवार

    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाड्डको नेत्रित्वामा आएको एक टोलीले भक्तपुर नगरपालिकाको पुरानो नगरपालिका भवन रहेको...

    भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प

    भक्तपुरमै केन्द्रबिन्दु गरी भूकम्प गएको छ । भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर मंगलवार राति करिब...

    गीत संगीतले संदेश दिन सक्नुपर्छ : सुनिल प्रजापति

    sunil prajapati bhaktapur

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गीत संगीतले समाजलाई संदेश दिन सक्नुपर्ने प्रष्ट पारेका छन् ।...

    अन्नको सम्मान गर्ने पर्व ‘सकिमना पुन्ही’ सम्पन्न

    sakimana punhi

    अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने...