News Portal

  • लाख दिएर करोडको तमसुक बनाउने कुख्यात साहुकार समातिए

    इभक्तपुर संवाददातासर्लाही, २४ पुस
    १४५१ पटक
    सर्लाही, २४ पुस

    आफ्ना कर्तुत सार्वजनिक भएपछि भेष बदलेर भाग्दै गरेको अवस्थामा यादवलाई बुधबार दिउँसो साढे १२ बजे प्रहरीले सर्लाहीको हरिपुरबाट पक्राउ गरेको हो । सहयोगीले चलाएको मोटरसाइकलमा बसेर उनी मलंगवातिरबाट नवलपुरतर्फ आउँदै थिए । कालो मास्क लगाएका उनले सजिलै कसैले नचिनून् भनेर गम्छाले टाउको ढाकेका थिए ।

    हरिपुर–१ स्थित मलंगवा सडकखण्डमा प्रहरी एम्बुसमा परेका उनले फुत्किने कोसिस गरेका थिए । प्रहरीले छाड्ने संकेत नदेखाएपछि आफू राष्ट्रिय जनता पार्टीको केन्द्रीय सदस्य भएको भन्दै धम्क्याए । केहीबेर प्रहरीसँगको भनाभनमा उनले हातपातको प्रयाससमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रतीक राठौरले बताए । ‘रामबाबु भेष नै बदलेर सहयोगी लिएर भाग्दै गरेको सूचना आएपछि प्रहरीले एम्बुस थापेर पक्राउ गरेको छ,’ डिएसपी राठौरले भने ।

    सर्लाही प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले यादवको ठगीधन्दा नयाँ पत्रिकाबाट बाहिरिएपछि पक्राउ गर्न सहज भएको बताए । ‘हामीलाई पीडितहरूको औपचारिकरअनौपचारिक उजुरी आइरहेका थिए । तपाईंहरूले पनि सार्वजनिक गरिदिएपछि पक्रिन सहज भयो,’ एसपी पोखरेलले भने । रायलाई अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ । प्रहरीले उनीविरुद्ध अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीका अनुसार रायविरुद्ध बुधबार मात्रै २० भन्दा धेरै लिखित उजुरी परेका छन् । मौखिक उजुरी दिनेको संख्या झन् धेरै छ । अधिकांश जाहेरी ठगी मुद्दाअन्तर्गत रहेको एसपी पोखरेलले बताए ।

    ‘अधिकांश उजुरीमा ठगी मुद्दा आकर्षित हुन्छ । अनुसन्धान सुरु भइसकेको छ । उजुरीको सूक्ष्म अध्ययन गरेर कानुनअनुसार मुद्दा चलाउँछौँ,’ पोखरेलले भने । आवश्यक कागजात अध्ययनका लागि प्रहरीले रायको घरमा पनि छापा मार्ने तयारी गरेको छ । उनी, उनका परिवार र आफन्तको नाममा रहेको बैंक खातासमेत अध्ययन गर्नेछ । खातामा भएको सम्पूर्ण ट्रान्जेक्सनको गहन अध्ययन गरेर मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

    ठिहिर्‍याउने पुसको ठन्डीमा काम्दै काठमाडौं छिरेका सर्लाही र आसपासका ३० पीडितले साहुकारबाट भोगेको अत्याचारको पीडा बुधबार सिंहदरबारलाई सुनाएका छन् । उनीहरूले सकस मान्दै आफ्ना पीडा सरकारी अधिकारीमाझ राख्दा महान्यायाधिवक्ता कार्यालयको चिसो हल केहीबेर गर्मायो । पीडितलाई सुन्न हलमा थियो, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितको सरकारी टोली ।

    पीडित पंक्तिको अघिल्लो लहरमा थिइन्, सर्लाहीको बागमती नगरपालिका–७ राजघाटकी ६१ वर्षीया शान्ति देवी । पीडा पोख्न कुर्सीबाट अनकनाउँदै उठेकी वृद्धा ओठ कमाउँदै मैथिली भाषामा बोलिन्, ‘रामबाबु रायसँग ५५ हजार ऋण लिएका थियौँ, त्यही ऋणको नाममा परिवारको उठीवास मात्रै लगाएन, मेरो श्रीमानलाई समेत बेपत्ता पार्‍यो ।’ सामुन्ने थिए, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल । मैथिलीमै उनले प्रश्न गरे, ‘तपाईंको श्रीमान् बेपत्ता भएको विषयमा रामबाबु रायमाथि नै शंका छ?

    शान्तिले थप फेहरिस्त सुनाइन्, ‘५५ हजार ऋण लिएपछि तिर्न सकिएन । चार कट्ठा जमिन थियो । श्रीमान्ले उनैको नाममा पास गराए । त्यही दिनदेखि उनी बेपत्ता छन् । २० वर्ष भयो, सम्पर्कमा आएका छैनन् । सोधपुछपछि रामबाबुले नै मेरो श्रीमान् लगेको थाहा पाएँ । त्यसैले मेरो शंका उनीमाथि नै छ हजुर १’

    आइजिपी खनालले तत्काल टेबुलमा रहेको फोन उठाए । सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विश्वमणि पोखरेललाई फोन लगाए र रामबाबुलाई तुरुन्तै पक्राउ गर्न निर्देशन दिए । त्यसको आधा घन्टापछि सर्लाहीबाट एसपी पोखरेलको फोन आयो । खबर थियो– भेष बदलेर भाग्दै गरेका रामबाबु भर्खरै पक्राउ परे । आइजिपी खनालले धन्यवाद दिँदै भने, ‘गुड जब १’

    पीडित पंक्तिको अघिल्लो लहरमै रहेका महोत्तरी सोनमा–३ रघुनाथपुरका ३८ वर्षीय समुधन साह भक्कानिँदै उठे । खल्तीबाट एक मुठो कागज झिके । बेरिएको मुठा खोल्दै सरासर सामुन्ने रहेका महान्यायाधिवक्ता अग्नि खरेलनजिक गए । कागजपत्र टेबुलमा राखे । अनि दुई हात जोड्दै सञ्जय रौनियारले बिल्लिबाठ पारेको व्यथा सुनाए ।

    हल एकाएक स्तब्ध बन्यो । खरेलले भक्कानिएका साहलाई सम्हाल्दै कुर्सीमा बस्न भने । तर, साह रोकिन सकेनन् । डाँको छाड्दै उनले भने, ‘मैले सञ्जय रौनियारसँग कारोबार गर्ने उद्देश्यले डेढ करोड लिएँ । बदलामा मैले चार करोड तिरिसकेँ । तर, उसले मेरो न बन्धक राखेको जग्गा फिर्ता गर्‍यो, न तमसुक च्यात्यो । म बिल्लिबाठ भएँ हजुर १ मलाई बचाइदिनुपर्‍यो ।’

    टेबुलमाथि साहले राखेको कागजात खरेलले ध्यानपूर्वक हेरे । केहीबेर अन्कनाएका उनले सचेत गराउँदै भने, ‘समस्या रामबाबु र सञ्जयमा मात्रै होइन, ऋण लिने तपाईंहरूमा पनि छ । आँखा चिम्लेर ऋण लिने, ऋणभन्दा तेब्बर कपाली तमसुकमा हस्ताक्षर गर्ने । अझै नपुगेर जग्गासमेत उसैको नाममा पास गरिदिने । यस्तो गर्नुभएन । न्यायका लागि यहाँसम्म आउनुभयो, कारबाही त हामी दुवैलाई गर्छौँ । तर, यसैगरी फेरि ऋण लिए तपाईंहरूलाई के कारबाही हुने रु अब सचेत हुनुहोला ।’

    रामबाबु यादव र सञ्जय गुप्ताले ठगेको भन्दै सर्लाही, महोत्तरी, धनुषा, सिरहालगायत जिल्लाका सय ऋणी मंगलबार बिहान काठमाडौं आएका थिए । उनीहरूले नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि भेटेका थिए । सिंहदरबार र नेताहरूले न्याय दिलाउने आश्वासन दिएपछि पीडितहरू बुधबार बेलुका नै आ–आफ्नो घर फर्किएका छन् । सबै निकायबाट न्याय पाउने आश्वासनसँगै साहुकार रामबाबु प्रक्राउ परेपछि बुधबार बेलुका गाडी चढेर आ–आफ्नो घर फर्किएको नेकपा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेले बताए ।

    ‘हामी न्याय नपाएसम्म काठमाडौंबाट जाने थिएनौँ,’ धनुषाका रामप्रसाद महतोले भने, ‘सबै निकायलाई आफ्ना कुरा राख्यौँ । उहाँहरूले न्याय दिन्छौँ भन्नुभयो, साँझ फर्कियौँ ।’ रामबाबु राय पक्राउ परेको खबरले आफूहरूलाई खुसी दिलाएको उनले बताए । सञ्जय रौनियारलाई पनि पक्राउ गरेर कानुनको कठघरामा उभ्याउन प्रहरीलाई आग्रह गरे ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीले सबै पीडितलाई उजुरी दिन आग्रह गरेको पनि महतोले बताए । ‘हामी सबै पीडितले आफूमाथि अन्याय भएको उजुरी जिल्ला प्रहरी कार्यालयलाई दिन्छौँ,’ उनले भने, ‘महाजनलाई प्रहरीले के–कसरी कारबाही अगाडि बढाउँछ, हेर्छौँ । न्याय मिलेन भने फेरि काठमाडौं आउँछौँ ।’

    सर्लाहीका एसपी विश्वमणि पोखरेल भन्छन्– नयाँ पत्रिकामा समाचार आएपछि रामबाबुलाई पक्रिन सहज भयो

    रामबाबु यादव र सञ्जय रौनियारविरुद्ध हामीलाई पीडितहरूले औपचारिकरअनौपचारिक उजुरी दिनुभएको थियो । नयाँ पत्रिकाले समाचार लेखिदिएपछि पक्राउ गर्न सहज भयो । यादवलाई पक्राउ गरेर हिरासतमा राखिसक्यौँ । थप छानबिन हुँदै छ । अर्का आरोपी रौनियारको पनि खोजी भइरहेको छ । उनी भागेर भारत पुगेको सूचना हामीलाई आएको छ । तर, जहाँ जुनसुकै अवस्थामा लुके पनि पक्राउ गरेर कानुनी दायरामा ल्याइछाड्छौँ ।

    हजारभन्दा धेरैलाई पाँच अर्ब ऋण दिएको कागज बनाउने साहुकार रौनियारको खोजी तीव्र

    सर्लाहीकै अर्का साहुकार सञ्जय रौनियारको पनि प्रहरीले खोजी गरिरहेको छ । प्रहरीका अनुसार उनी भागेर भारत गएका छन् । रौनियारसँग भारतीय नागरिकता पनि छ । उनले सर्वसाधारणलाई ऋण दिएर उनीहरूको जग्गा नै हडप्ने गरेका थिए । सर्लाही, महोत्तरी, धनुषा, सिराहा, रौतहटलगायतका हजारजनाभन्दा धेरैलाई पाँच अर्बभन्दा बढी ऋण दिएको कागज उनले गराएका छन् । रौनियार गत निर्वाचनमा तत्कालीन नयाँ शक्ति पार्टीका तर्फबाट सर्लाही २ ९क०मा उम्मेदवार थिए ।

    आफ्ना नेता सञ्जय रौनियारको ठगी धन्दा सार्वजनिक भएपछि समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदी भन्छन्– गलत गर्नेलाई पार्टीले जोगाउँदैन

    सञ्जय गुप्ता रौनियार हाम्रो पार्टी ९तत्कालीन नयाँ शक्ति०बाट सर्लाही २ ९क०मा प्रदेश सभा उम्मेदवार बन्नुभएको थियो । तर, निर्वाचन हार्नुभयो । अहिले उहाँको बारेमा समाचार आएको छ । अब हामी आफैँ पनि पार्टीको तर्फबाट छानबिन समिति गठन गर्छौँ । कमी–कमजोरी रहेछ भने ढाकछोप गर्ने कुरै हुँदैन । गलत गर्नेलाई जोगाउन पार्टी लाग्दैन, कानुनी कारबाही गर्न सघाउँछौँ । पार्टीले पनि कारबाही गर्छ ।

    आफ्ना नेता रामबाबु रायको ठगी धन्दा सार्वजनिक भएपछि राजपा महासचिव केशव झा भन्छन्– समाचार पढेर हामी त झस्कियौँ

    हाम्रो पार्टीमा आठ सय केन्द्रीय सदस्य छन् । को कस्तो हो भन्नेसमेत बुझ्न सक्ने अवस्था छैन । उनी प्रायः पार्टी कार्यालयमा आउने–जाने गर्थे । त्यतिवेला नै देखेको हुँ । अरू के काम गर्छन्, के–के व्यवसाय चलाएका छन्, केही जानकारी थिएन । बिहान पत्रिका पढ्दा पो हामी झस्कियौँ । पार्टीका अरू नेता पनि झस्किनुभएको छ । यति ठूलो शोषण गरेका रहेछन् । प्रहरी प्रशासनले दोषी प्रमाणित गर्‍यो भने कारबाही गर्न हामी सहयोग गर्छौँ । सयौँ गरिब किसान सताउनेलाई जोगाउने पक्षमा पार्टी छैन । नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस्

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...

    सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

    निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्...

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...