News Portal

  • इरान सँग ‘बिनासर्त गम्भीर वार्ता गर्न’ अमेरिका तयार

    भक्तपुरपोष्ट संवाददाता२४ पुस
    ११२७ पटक
    २४ पुस

    केही दिनयता दुई देशबीच तनाव चुलिएको भए पनि अमेरिकाले इरानसँग ‘बिनासर्त गम्भीर वार्ता’ गर्न तयार रहेको बताएको छ। तर संयुक्त राष्ट्रसङ्घलाई एउटा पत्र लेख्दै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी गरेको छ। इरानले सो हत्याको प्रतिशोध लिन इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो।

    इरानले पनि सो आक्रमण आफूले आफ्नो रक्षार्थ चालेको संयुक्त राष्ट्रसङ्घलाई बताएको छ। सुलेमानी इरानमा धेरै शक्तिशाली मानिन्थे। उनलाई इरानको नीतिनिर्माताका रूपमा हेरिन्थ्यो। उनको अन्तिम संस्कारमा दशौँ लाख इरानीहरू सहभागी भएका थिए। इरानका सर्वोच्च नेता आयतूला अली खामनेईले क्षेप्यास्त्र आक्रमणलाई अमेरिकाको गालामा चड्कनको रूपमा व्याख्या गर्दै मध्यपूर्व क्षेत्रमा अमेरिकाको उपस्थिति अन्त्य हुनुपर्ने बताएका छन्।

    सुलेमानीसँग इराकी विद्रोही समूहका नेता पनि मारिएको र इरानसमर्थित ती समूहले पनि बदला लिने बताएका छन्। तर अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सीबीएस न्यूजसँग कुरा गर्दै इरानले ती समूहलाई अमेरिकामाथि आक्रमण नगर्न भनेको बताएका छन्। अमेरिकी संसद्‍को तल्लो सदनमा बिहीवार राष्ट्रपति डोनल्ड ट्रम्पलाई संसद्को अनुमति नलिई इरानविरुद्ध युद्ध स्वीकृत गर्ने अधिकार नियन्त्रण गर्ने सम्बन्धमा मतदान हुँदैछ।

    अमेरिकी पत्रमा के छ?
    संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अमेरिकी दूत केली क्राफ्टले अमेरिका ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउने र इरानक कारण बढ्न सक्ने तनावलाई रोक्ने उद्देश्य’ले वार्ता गर्न तयार रहेको बताएकी छन्। सुलेमानीको हत्या संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा १५ बमोजिम उचित भएको तर्क पत्रमा गरिएको छ।

    सो धारामा कुनैपनि राज्यले आफ्नो रक्षा गर्ने अधिकार प्रयोग गरी गरेको कुनै पनि कारबाही तुरुन्तै सुरक्षा परिषद्लाई जानकारी गराउनुपर्ने उल्लेख छ। उक्त पत्रमा आफ्ना सेना र चासोको रक्षा गर्न आवश्यक परे अमेरिकाले थप कारबाही गर्ने लेखिएको छ। इरानले पनि धारा १५ कै आधारमा अमेरिकी सेनामाथि गरिएको आक्रमणलाई उचित ठहर्‍याएको छ। इरानका दूत माजिद तख्तले तेहरानले युद्ध नचाहेको बताएका छन्।

    विविसी नेपालीबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...