News Portal

  • खोला उत्खननको विरोध गर्ने एक युवकको टिपरले किचेर विभत्स हत्या

    भक्तपुरपोस्ट संवाददाताजनकपुर, २५ पुस
    १०१७ पटक
    जनकपुर, २५ पुस

    खोला उत्खननको विरोध गर्ने एक युवकको विभत्स हत्या भएको छ । धनुषाका २४ वर्षीय युवकलाई टिपरले किचेर हत्या गरिएको हो ।

    मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोलाई शुक्रवार विहानै ना. ७ ख. ६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । महतोको घर नजिकै रहेको खोलामा उत्खनन भइरहेको थियो। उनले पटकपटक त्यसको बिरोध गर्दै आइरहेका थिए । सचेत युवाको भूमिका निभाउदै खोला उत्खननको बिरोध गर्दै आइरहेका उनी रोडाबालुवा माफियाको निसानामा रहेका थिए ।

    शुक्रवार मर्निङवाक गएका समयमा महतोको टिपरले किचेर ज्यान गएको अवस्थामा शव फेला परेपछि उनको हत्या गरिएको भन्दै स्थानीयले सडक अवरुद्ध पारी प्रदर्शन गरिरहेका छन् । मर्निङवाक गएका समयमा खोला उत्खनन भैरहेको देखेपछि उनले विरोध गर्दा टिपरले किचेर बिभत्स हत्या गरिएको स्थानीयको आरोप छ । स्थानीयले हत्यारालाई कारवाहीको माग गरेका छन् ।

    इलाका प्रहरी कार्यालय ढल्केबरले पनि प्रारम्भीक अनुसन्धान बाट टिपरले किचेर हत्या गरेको देखिएको बताएको छ । यद्यपी नियतवस किचेको हो वा होइन अनुसन्धान बाट यकिन हुने प्रहरीको भनाइ छ । प्रहरीले शव पोष्टमार्टमका लागि जनकपुर पठाएको जानकारी गराएको छ। टिपर प्रहरी नियन्त्रणमा रहे पनि टिपर चालक फरार रहेका इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।(तस्वीर: द पब्लिकबाट )

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...