News Portal

  • एनप्याब्सन २२ औं वर्षमा, सुरक्षित विद्यालय अभियान शुभारम्भ

    भक्तपुरपोष्ट संवाददाता२७ पुस
    १२४८ पटक
    २७ पुस

    काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले आफ्ना सदस्य विद्यालयमा सुरक्षित विद्यालय अभियान शुरु गरेको छ ।

    एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले राष्ट्रिय अटोमोबाइल डिलर्स एशोसिएशन (नाडा) को सहयोगमा राजमार्ग वरपरका विद्यार्थीलाई सवारी दुर्घटना जोखिमबाट बच्ने विषयमा सचेतना पनि गरिने बताए ।

    शुरुमा राजमार्ग नजिक रहेका २१ सदस्य विद्यालयबाट शुरु गरिएको यो अभियान क्रमशः विस्तार हुने अध्यक्ष सापकोटाले जानकारी दिए ।

    विसं २०७२ को गोरखा भूकम्पपछि सरकारले सुरक्षित विद्यालयसम्बन्धी नीतिमा प्राथमिकता दिएको सन्दर्भमा एन प्याब्सनले पनि आफ्नो तर्फबाट अभियान सञ्चालन गरेको सापकोटाले स्पष्ट पारे ।

    संस्थाको २२औँ स्थापनाका अवसरमा आज आयोजित कार्यक्रममा सापकोटाले शिक्षक कर्मचारीको औषधोपचार बीमा, विद्यार्थी बीमा र विद्यार्थीको निःशुल्क आँखा जाँच कार्यक्रमको निरन्तरता दिइएको जानकारी दिए ।

    संस्थाले सदस्य विद्यालयको विवरण अद्यावधिक गर्न ‘इमार्क’ को सहयोगमा आजदेखि नेसनल प्याब्सन एपको शुभारम्भ गरिएको छ । यस्तै, सदस्य विद्यालयहरुमा अध्ययन गरी एसइइ परीक्षामा जिपिए ४ हासिल गर्ने देशभरका विद्यार्थीहरुलाई स्वर्ण पदक र प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रमको थालनी यसैवर्ष देखि  गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए ।

    स्थापना दिवसको कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरु गीता राणा, कर्णबहादुर शाही, संस्थापक महासचिव अर्जुनबहादुर अधिकारीलगायत सहभागी भई केक काटेर शुभकामना आदानप्रदान गरेका थिए । निजी लगानीमा सञ्चालित विद्यालयको संरक्षण र संवद्र्धन तथा संस्थापकको स्वामित्व स्थानान्तरण हुँदै जाने अधिकार सुनिश्चित गर्न विसं २०५४ मा एन प्याब्सनको स्थापना भएको हो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...