खसी चोर समात्ने कटुन्जेका असई मनोज नेतृत्वको प्रहरी टोलीलाई नगद पुरस्कार प्रदान

दुई साता अघि अघि हराएको खसी सहित खसी चोरहरुसमेत पक्राउ गर्न सफल भक्तपुरको महानगरीय प्रहरी प्रभाग कटुन्जेमा कार्यरत प्रहरी कर्मचारीहरु पुरस्कृत भएका छन् । प्रभागका प्रहरी सहायक निरीक्षक मनोज शाह सोनार (मनोज सर्राफ ) नेतृत्वमा रहेको ४ सदस्यीय प्रहरी टोली नगद पुरस्कार द्वारा सम्मानित भएको हो । महानगरीय प्रहरी वृत्त जगातीले उनीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । वृत्तका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले सोमवार एक कार्यक्रमका बीच नगद पुरस्कार प्रदान गरेका थिए । पुरस्कार प्राप्त गर्नेहरुमा टोली कमान्डर असई मनोज साह सोनारसहित प्रहरी हवल्दार गेहिन्द्र बहादुर कार्की त्यसैगरी प्रहरी जवानद्वय दिनेशराज भट्ट र विजय श्रेष्ठ रहेका छन् । प्रहरी सहायक निरीक्षक मनोज साह सोनारको नेतृत्वमा रहेको प्रहरी टोलीले गत पुस १३ गते ललितपुरबाट चोरिएका खसीहरू भक्तपुरको चुनदेवीमा बरामद गरेको थियो । ललितपुरको महालक्ष्मी ४ शितल हाइटस्थित नेपाल एग्रिकल्चर एण्ड मिट हाउसबाट छ वटा खसी चोरी फरार भएका चोरहरु भक्तपुरको चुनदेवीबाट पक्राउ परेका थिए । राती करिब १ :३० बजेको समयमा … Continue reading खसी चोर समात्ने कटुन्जेका असई मनोज नेतृत्वको प्रहरी टोलीलाई नगद पुरस्कार प्रदान