News Portal

  • उमावि र राहत शिक्षकको दरबन्दी स्वत्तः स्थायी दरबन्दीमा रुपान्तरण गरिने

    भक्तपुरपोष्ट संवाददाता१ माघ
    ५२९३ पटक
    १ माघ

    काठमाडौं । हाल कायम रहेका उमावि र राहत शिक्षकका दरबन्दी अनुदान कोटा स्वत्तः स्थायी दरबन्दीमा रुपान्तरण गरिने प्रस्ताव गरिएको छ ।
    शिक्षा मन्त्रालयले निर्माण गरिरहेको शिक्षा ऐनको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।

    ऐनको मस्यौदामा परिच्छेद ६ को दफा ५६ को १ मा ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका राहत कोटाका दरबन्दी तथा उच्च माध्यमिक तहको दरबन्दी अनुदान कोटा स्वत्तः शिक्षकको स्थायी दरबन्दीमा रुपान्तरण हुने उल्लेख छ ।

    यसैगरी, उपदफा २ मा स्वत्तः रुपान्तरण भएका दरबन्दीमा शिक्षक सेवा आयोगको सिफारिसमा पदपूर्ति गरिने प्रस्ताव गरिएको छ ।

    साथै, उपदफा ३ मा एकपटकका लागि शिक्षक सेवा आयोगले स्थायी पदपूर्तिका लागि लिने परीक्षामा उम्मेदवार हुन राहत दरबन्दी तथा उच्च माध्यमिक तहको दरबन्दी तथा अनुदान कोटामा कार्यरत शिक्षकहरुलाई उमेरको हद नलाग्ने उल्लेख छ ।

    यस्तै, उपदफा ४ मा अनुदान कोटालाई स्थायी दरबन्दीमा रुपान्तरण र पदपूर्ति सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने उल्लेख छ ।
    हाल उमावि तहका शिक्षकका ६ हजार र राहत शिक्षकका झण्डै ४० हजार अनुदान कोटा तथा दरबन्दी रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।आइतबार उनी डिस्चार्ज...

    भक्तपुरमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न माओवादी केन्द्रका उपमहासचिव पुनको निर्देशन

    पूर्व मन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन अनन्तले भक्तपुरमा प्रतिपक्षीको भूमिका...

    सञ्चारकर्मी एवं साहित्यकार आशुतोषको अमेरिकामा ब्रेकफास्ट गरौंला सार्वजनिक (भिडियोसहित)

    भक्तपुरका सञ्चारकर्मी एवं सुपरिचित साहित्यकार रामगोपाल आशुतोषको शब्दमा उनिएको ‘अमेरिकामा ब्रेकफास्ट गरौंला’ बोलको गीतमा म्युजिक...

    सल्लाघारीमा मौलिक नेवारी स्वादको नेवा: ननी शुरु

    भक्तपुरमा मौलिक नेवारी खाजा र खानाको स्वाद पस्कने नेवाः ननी शुभारम्भ भएको छ । भक्तपुर...

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...