News Portal

  • द्वन्द्वकालिन मुद्दा अघि बढ्ने संकेत : नेकपा र काँग्रेसबीच सहमती

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ माघ
    १०२० पटक
    भक्तपुर, ४ माघ

    सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको विषयमा दलहरुबीच सहमति जुटेको छ । ऐन संसोधन र पदाधिकारी चयनको विषयमा दलहरुबीच सहमती जुटेको हो ।

    शनिवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल नेकपा र प्रतिपक्ष नेपाली काँग्रेसको बैठकमा आयोगका उक्त सहमती जुटेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वसभामुख सुवास नेम्बाङ, कांग्रेसका नेता रमेश लेखक, मिनेन्द्र रिजाल लगायत सहभागी रहेका अर्का सहभागी नेकपा नेता खिमलाल देवकोटाले जानकारी दिए ।

    पूर्व प्रधानन्यायधीश ओमप्रकश मिश्रको संयोजकत्वमा गठित सिफारिस समितिले आयोगका लागि आजै पदाधिकारी सिफारीस गर्ने सहमती भएको बताइएको छ ।सर्वोच्च अदालतले पीडितमैत्री हुने गरी र गम्भीर अपराधका मुद्दामा पीडकलाई छुट्न नदिने गरी ऐन संशाेधन गर्न परमादेश दिएको थियो।
    यी आयोगहरुले काम गर्न नसक्दा नेपालमा द्वन्द्वकालिन मुद्दाहरु समाधान हुन सकेका छैनन् ।

    प्रतिकृया दिनुहोस्

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...

    बास बस्न आएका वीरबहादुरको हत्या गरी फरार रहेकी प्रतिवादी १५ वर्षपछि प्रहरी फन्दामा

    कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि प्रहरीको फन्दामा परेकी छन् । घटनाको १५ वर्ष...

    गृहमन्त्रीका नक्कली पीए पक्राउ

    गृहमन्त्रीका नक्कली ‘पीए’ प्रहरी फन्दामा परेका छन् । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीयसचिव(पीए) हुँ’ भन्दै ...

    उपनिर्वाचनले माओवादी केन्द्रमा उत्साह : ८४ मा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको निष्कर्ष

    नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने...

    प्राधिकरणको सात करोडका सामान गायब गर्नेलाई कारवाही सिफारिस

    हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट रु सात करोड बराबरका सामान गायब भएपछि...