News Portal

  • सत्य निरुपणको अध्यक्षमा भट्ट र वेपत्तामा सुवेदी सिफारिस

    भक्तपुरपोष्ट संवाददाता४ माघ २०७६
    ६७३ पटक
    ४ माघ २०७६

    काठमाडौं । लामो विवाद र बहसपछि द्वन्द्वकालीन दुई आयोगले अन्ततः नेतृत्व पाउने भएका छन्। सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस भएका छन् ।

    पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले शनिबार कानूननमन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीहरुको नाम सिफारिस गरेको हो ।

    भट्ट नेपाल ल क्याम्पसका सह-प्राध्यापक हुन्। सुवेदी पूर्वनायक महान्यायाधीवक्ता हुन्। उनीसँग उच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर लामो समय काम गरेको अनुभव छ।

    सिफारिस समितिले शनिबार नै दुवै आयोगका सदस्यको नामसमेत सिफारिस गरेको छ। स्रोतकाअनुसार सत्य निरुपणमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र अर्का एकको नाम सिफारिस भएको छ । यस्तै वेपत्ता छानविन आयोगको सदस्यहरुमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ ।

    सम्भवतः भोलि नै मन्त्रिपरिषद् नियुक्ति गर्नेछ ।सरकारले दुबै आयोगका पदाधिकारीहरु सिफारिस गर्न गत चैतमा नै मिश्रको नेतृत्वमा सिफारिस समिति बनाएको थियो ।

    प्रतिकृया दिनुहोस्

    उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।आइतबार उनी डिस्चार्ज...

    भक्तपुरमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न माओवादी केन्द्रका उपमहासचिव पुनको निर्देशन

    पूर्व मन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन अनन्तले भक्तपुरमा प्रतिपक्षीको भूमिका...

    सञ्चारकर्मी एवं साहित्यकार आशुतोषको अमेरिकामा ब्रेकफास्ट गरौंला सार्वजनिक (भिडियोसहित)

    भक्तपुरका सञ्चारकर्मी एवं सुपरिचित साहित्यकार रामगोपाल आशुतोषको शब्दमा उनिएको ‘अमेरिकामा ब्रेकफास्ट गरौंला’ बोलको गीतमा म्युजिक...

    सल्लाघारीमा मौलिक नेवारी स्वादको नेवा: ननी शुरु

    भक्तपुरमा मौलिक नेवारी खाजा र खानाको स्वाद पस्कने नेवाः ननी शुभारम्भ भएको छ । भक्तपुर...

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...