News Portal

  • अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय

    भक्तपुरपोष्ट संवाददाता५ माघ २०७६
    ८२३ पटक
    ५ माघ २०७६

    काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । भर्खरै सकिएको नेकपा सचिवालयको बैठकले यो निर्णय गरेको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

    यसअघि आइतबार बिहान नै नेता सापकोटाको नाममा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच सहमति भएकोमा सचिवालय बैठकले औपचारिक निर्णय गरेको हो ।

    तत्कालीन सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ भने सो पद कसले लिने भन्नेमा नेकपाभित्र विवाद बन्दै गएकोमा आइतबार ओली र प्रचण्डबीच पूर्वमाओवादी समूहका सापकोटाको नाममा सहमति जुटेको हो ।

    पुस ४ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक पुस ११,१६ र २७ गते सुचना टाँस गरेर स्थगित हुँदै आएको छ । अर्को बैठक माघ ६ गतेलाई बोलाइएको छ । माघ ६ गते बस्ने बैठकमा सभामुखको निर्वाचन प्रकृया सुरु गर्ने तयारी छ ।

    यसअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङलाई अघि सारेका थिए भने प्रचण्डले पुरानो सहमति कार्यान्वयन गर्न पनि पूर्वमाओवादी सहमतिबाट सापकोटाको नाम प्रस्ताव गरेका थिए । गत असोज १४ पछि प्रनिधिसभामा सभामुख पद रिक्त छ ।

    प्रतिकृया दिनुहोस्

    बागमती प्रदेशको बजेट बक्तब्यमा पनि भक्तपुरको उल्लेखनीय उपस्थिति

    बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको छ...

    मधेसी र पहाडी मिल्नुपर्नेमा राजेन्द्र महतोको जोड

    प्रेमनाथ पौडेल, सर्लाही । पूर्व उप प्रधानमन्त्री राजेन्द्र महतोले पहाडी र मधेसीको एकतामा जोड दिएका...

    ईप्सन भक्तपुरको हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम

    ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कूलको आयोजनामा सम्पन्न अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम,...

    रगतको सही प्रयोगले अभाव केही हदसम्म कम गराउन सकिन्छ

    रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चार माध्याममा पढ्ने रसुन्नेगरेका छौँ।नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान...

    आलोचना होइन, प्रशंसा गर्नुस् : अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आलोचनामा रमाउनुको सट्टा...