News Portal

  • उपसभामुखको राजीनामा गराउने सम्बन्धमा बालुवाटारमा ओली–प्रचण्डको भेटवार्ता

    भक्तपुरपोष्ट संवाददाता६ माघ २०७६
    ७८० पटक
    ६ माघ २०७६

    काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षलाई भेट्न नेकपाका अर्का अध्यक्ष बालुवाटार पुगेका छन् । सभामुख निर्वाचन प्रक्रिया अघि बढाउनेबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार विहानै बालुवाटार पुगेका हुन् ।

    नेकपा सचिवालय बैठकले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि सभामुख चयनको प्रकृया अघि बढाउने विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।आइतवार विहान प्रचण्डसँग अग्नि सापकोटालाई सभामुख बनाउने सहमति गरेपछि प्रधानमन्त्री ओलीले उपसभामुख तुम्बाहाङ्फेलाई बालुवाटार बोलाएर राजीनामा गर्न आग्रह गरेका थिए । तर उपसभामुख शिवमायाले आफूले राजीनामा नगर्ने पूरानै अडान दोहोराएका थिइन् ।

    ‘राजीनामा गर्नुपर्ने कारण लिखित रुपमा दिनुपर्ने’ माग उनले अध्यक्षसँग गरेकी थिइन् । तर उनले सोमबार(आज) विहानसम्ममा राजीनामा गर्ने अनुमान पार्टी अध्यक्षहरुले गरेका थिए । सोमबार(आज) विहान सम्म पनि उपसभामुख शिवमायाको राजीनामा नआएपछि पार्टीका दुई अध्यक्षहरु छलफलमा जुटेका छन् ।

    पहिलो चरणमा दुई अध्यक्षले छलफल गर्ने र त्यसपछि उपसभामुख तुम्बाहाङ्फेलाई बोलाएर पुन छलफल गर्ने तयारी रहेको बालुवाटार श्रोतले जानकारी दियो । उनले राजीनामा नगरेको खण्डमा नेकपाले सभामुखमा उम्मेदवारी दिन नपाउने र सभामुख पद नै गुम्ने खतरा रहने अवस्था बन्ने छ । जसका कारण उपसभामुख तुम्बाहाङ्फेलाई मनाएर आजका लागि बोलाइएको संसद बैठक अगावै राजीनामा गर्न लगाउने विषयमा ओली प्रचण्डबीच छलफल भइरहेको हो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...