News Portal

  • बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

    भक्तपुरपोष्ट संवाददाता६ माघ २०७६
    १३८२ पटक
    ६ माघ २०७६

    बुटवल । बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ सुरु भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा नवीन औद्योगिक कदरबहादुर रिता माविको सहआयोजनामा एन्फा टेक्निकल सेन्टर देबिनगरमा रनिङ शिल्ड सुरु भएको हो ।

    खराब मौसमका कारण बीचमा स्थगित गरिएको प्रतियोगिता सोमबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन् ।विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरि उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागिता पाउने आयोजक समितिका सदस्य सचिव प्रेमबहादुर बस्नेतले जानकारी दिए ।

    प्रतियोगितामा प्रतियोगितामा ४८ वटा इभेन्टमा २ सय ५८ वटा पदकका लागि विद्यार्थीहरुले सहभागिता जनाउने बस्नेतले जानकारी दिए ।

    नगरभित्रका सामुदायिक र नीजि गरि २४ वटा विद्यालयका करीब ६ सय खेलाडीहरुको सहभागिता छ । सहभागि सबै बिद्यार्थीले शिल्ड,मेडल र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागी गराइने र त्यसपछि प्रदेशमा सहभागिता पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...