ठूला लगानीका सञ्चारमाध्यमलाई प्रभावमा पारी एमसीसीको समर्थनमा लेखाइदैछ : गोसाई

नेपाल मजदुर किसान पार्टीको ४६ औं स्थापना दिवस र विचारप्रधान पत्रिका ‘श्रमिक साप्ताहिक’ २७ औं वर्ष प्रवेशको अवसर पारेर कर्णालीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । सुर्खेतस्थित कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै श्रमिक साप्ताहिकका प्रकाशक समेत रहेका नेमकिपाका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले शासक वर्गले ठूला लगानीका सञ्चारमाध्यमलाई दबाब र प्रभावमा पारी मिलेनियम च्यालेन्ज कर्पोरेसनको (एमसीसी)को समर्थनमा समाचार तयार पार्न लगाइरहेको बताए । उनले राष्ट्रिय मुद्दामा ठूला लगानीका मिडिया जनताको पक्षमा नभएको दावी गरेका थिए । रास्ट्रिय तथा मुलधारका भनिने पत्रिकाले काठमाडौंको समाचारमात्र लेखेको उनले आरोप लगाए ”तथाकथित रास्ट्रिय तथा मुलधारका भनिने पत्रिकाले जिल्ला तथा गाउँको वास्तविक समस्या उजागर गर्न सकेका छैनन् ।” गोसाईले जिकिर गरे । प्रधानमन्त्री केपि ओलीलाई इंकित गर्दै गोसाईले भने, ”दुई तिहाइको सरकार प्रमुखले आफ्नो असक्षमता ढाकछोप गर्न सम्पादकको मुटु नभएको भन्ने टिप्पणी गरेका छन् जबकी अधिकांश पत्रकार शासक वर्गकै समर्थक छन् ।” नेमकिपाका कर्णाली संयोजक … Continue reading ठूला लगानीका सञ्चारमाध्यमलाई प्रभावमा पारी एमसीसीको समर्थनमा लेखाइदैछ : गोसाई