News Portal

  • प्राविधिक शिक्षा सञ्चालनका लागि चाँगुनारायण माविमा सप्ताह

    भक्तपुरपोष्ट संवाददाता६ माघ २०७६
    १०९२ पटक
    ६ माघ २०७६

    भक्तपुर । प्राविधिक शिक्षा सञ्चालनका लागि अक्षयकोष खडा गर्ने उद्देश्यले दुवाकोटस्थित चाँगुनारायण माध्यामिक विद्यालयले सप्ताहव्यापी श्रीमदभागवत ज्ञान महायज्ञ गर्ने भएको छ ।

    सोमबार पत्रकार सम्मेलन गरेर विद्यालयले महायज्ञ सञ्चालन गर्ने जनाएको हो । पण्डित माधवप्रसाद कुइँकेलले श्रीमदभागवत वाचन गर्ने जनाइएको छ ।

    पत्रकार सम्मेलनमा विद्यालयमा प्रधानाध्यापक दधिराम गेलालले करिब एक करोड रुपैयाँ संकलन गरेर प्राविधिक शिक्षा दिने उद्देश्य पूरा गर्न महायज्ञ गर्न लागिएको जानकारी दिए ।

    महायज्ञपश्चात् विद्यालयमा सिभिल, कम्प्युटर र कृषिसम्बन्धी डिप्लोमा इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने उद्देश्य सुनाउँदै प्रअ गेलालले विद्यालयसँग भएको २५ रोपनी जग्गामा प्रयोगात्मक कक्षा गराएर कृषि प्राविधिक पनि उत्पादन गर्न सकिने स्पष्ट पारे ।

    नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले उक्त महायज्ञको उद्घाटन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धव खड्काले जानकारी दिए । चाँगुनारायण नगरपालिका–१ का वडा सदस्यसमेत रहेका खड्काले महायज्ञ सञ्चालनमा सहयोग गर्न सबैसँग आग्रह गरे ।

    कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा हाल पाँच सय पाँच जना विद्यार्थीहरु अध्ययनरत छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...