News Portal

  • नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित

    भक्तपुरपोष्ट संवाददाता९ माघ २०७६
    ७७५ पटक
    ९ माघ २०७६

    काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा ३४ सय ६२ मतभार पाएर उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतभारले पराजित गरे । कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १९८ मतभार पाए । श्रेष्ठले गण्डकी प्रदेशको अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।

    त्यस्तै गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकै भगवती न्यौपाने विजयी भएकी छन् । उनले नेपाली कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरिन् । न्यौपानेले ३३ सय ६६ र गौचनले २३४० मतभार पाए ।

    प्रतिकृया दिनुहोस्

    ओली प्रधानमन्त्री नियुक्त, सोमबार शपथ

    राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । उनले...

    झरीले रोक्न सकेन ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान’ प्रतिको आकर्षण

    ‘चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियान’ अन्तर्गत यो वर्ष पनि नि:शुल्क विरुवा वितरण कार्य भईरहेको छ...

    प्रधानमन्त्री प्रचण्डले पाएनन् संसदको विश्वास

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको विश्वास गुमाएका छन् । प्रतिनिधि सभामा बहुमत सदस्यले उनलाई बिश्वासको...

    पटक पटक प्रधानमन्त्री बन्ने लालसाले राजनीतिक अस्थिरता : प्रेम सुवाल

    prem suwal rostram

    नेमकिपाका सचिव एवं प्रतिनिधि सभाका सदस्य प्रेम सुवालले शाशक दलका नेताहरुको पटक पटक प्रधानमन्त्री बन्ने...

    सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको विङ्गर दुर्घटना हुँदा ११ घाईते

    सिन्धुली । सिन्धुली जिल्लाको गोलान्जोर गाउँपालिका–७ स्थित मरीन डाईभर्सन ईलाकामा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको विङ्गर...