News Portal

  • नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण, चीनबाट फर्किए एक संक्रमित नेपाली

    भक्तपुरपोष्ट संवाददाता१० माघ २०७६
    १३७९ पटक
    १० माघ २०७६

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले  चीनको वुहानबाट हालै फर्किएका एक नेपाली विद्यार्थीमा उक्त सङ्क्रमण देखिएको बताएका छन्। “वुहानबाट फर्किएका उनलाई सामान्य रुघाखोकी ज्वरो आएपछि शंका लागेर अस्पतालमा भर्ना गरियो। उनको रगतको नमूना सङ्कलन गरेर परीक्षणका निम्ति हङकङ् पठाइएको थियो। हिजो बेलुकी त्यहाँबाट उनमा सो सङ्क्रमण पाइएको रिपोर्ट आएको छ,” श्रेष्ठले बताए।

    श्रेष्ठले ती बिरामी अहिले ठीकै हालतमा अस्पतालको निगरानीमा रहेको बताए। यस्ता विषयमा विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार उनलाई निगरानीमा राखिएको बताइएको छ। उनमा देखिएको सङ्क्रमण ‘माइल्ड’ वा सामान्य प्रकारको भएको प्रवक्ताले बताएका छन्। नेपालमा अन्य मानिसमा हालसम्म त्यस्तो शङ्कास्पद सङ्क्रमण नपाइएको पनि उनले बताए।

    शुक्रवारदेखि काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चेकजाँचमा कडाइ गर्न थालिएको श्रेष्ठले बताए। “चीनबाट आउने सबै बिरामीको हामी ज्वरो लिन्छौँ। त्यसपछि मात्र आउन दिइन्छ,” उनले भने।

    चीनमा कोरोनाभाइरसको सङ्क्रमण फैलँदै गर्दा देशका विभिन्न भागमा नियन्त्रणका नियमहरू लगाइएका छन्।  थप शहरहरूमा आवतजावतमा बन्देज लगाइएको छ। धेरै चाप परेका अस्पतालमा सैन्य स्वास्थ्य कर्मचारी खटाइएका छन्। बेइजिङमा अधिकारीहरूका अनुसार वुहानबाट आएको बिरामी वा स्वस्थ्य जोसुकैलाई २ हप्ता एक्ल्याएर निगरानी गरिने छ।

    सार्वजनिक स्थलहरू बन्द गरिएका छन्। शांघाइ शहरको डिज्नेल्यान्ड तथा बेइजीङ्ग नजिकैको ग्रेटवालका विभिन्न भाग बन्द गरिएका छन्। विश्व स्वास्थ्य संगठनले चीनमा फैलिएको नयाँ कोरोनाभाइरस सङ्क्रमणको खतराको स्तर यकीन गर्न तथा त्यसले पार्न सक्ने विश्वव्यापी जोखिमबारे बताउन अहिले अलि चाँडै हुने जनाएको छ।

    डब्लुएचओका प्रवक्ता तारिक जसारेभिचले सङ्क्रमणका सङ्ख्या बढ्न सक्ने र त्यसको स्पष्ट उपचार उपलब्ध नभइसकेको भन्दै सङ्क्रमणका लक्षणहरूको भने उपचार गर्न सकिने बताए। सो भाइरसले हालसम्म २६ जनाको ज्यान लिइसकेको छ भने ८ सयभन्दा धेरै सङ्क्रमित पाइएका छन्। यसअघि विश्वस्वास्थ्य संगठनले सङ्क्रमणविरुद्ध चीनले देखाएको प्रतिक्रियाको प्रशंसा गरेको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता सागर दाहालले कोरोना भाइरस संक्रमणको उपचारका लागि शुक्रराज सरुवा रोग अस्पताल टेकु र पाटन अस्पतालमा आवश्यक तयारी गरिसकेको बताए । शनिबारदेखि विमानस्थलमा संक्रमित व्यक्ति भेटिए एम्बुलेन्समार्फत सिधै अस्पताल लैजाने व्यवस्था गरिने उनले जानकारी दिए । त्रि भुवन विमानस्थलमा पाँचवटा मेसिनद्वारा कोरोना भाइरसको परीक्षण गरिने पनि उनले बताए ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट जोगिन सचेत हुने बाहेक अरु उपाय नभएको बताए । रोगको कुनै सीमा नहुने भन्दै उनले सावधानी अपनाउन आग्रह गरे । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले आवश्यक तयारी गरिरहेको पनि उनले बताए ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...