News Portal

  • आफैंले बोकेको गोली पड्किएर प्रहरी जवान घाइते

    भक्तपुरपोष्ट संवाददाता१४ माघ २०७६
    ७४९ पटक
    १४ माघ २०७६

    गुलरिया । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेतालाई पक्राउ गर्न गएको बेला आफैंले बोकेको गोली पड्किएर एक प्रहरी जवान घाइते भएका छन्। बर्दियाको मधुवन नगरपालिका–४ ढोडरी स्थित कुमराघाटमा आफै गोली चल्दा प्रहरी जवान गंगाराम चौधरी घाइते भएका हुन् ।

    प्रहरीले विप्लव समूहका जिल्ला जनपरिषदका अध्यक्ष जय हादुर ठाडामगर र डीसीएम रोहित सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए। उनीहरुलाई नियन्त्रणमा लिने क्रममा घम्साघम्सी गर्दा प्रहरी जवान चौधरीले बोकेको बन्दुक पड्किएको बास्तोला बताए। पक्राउ परेकाको साथबाट पर्चा तथा हतियार फेला पारेको उनले जानकारी दिए।

    गोली चलेपछि प्रहरीले विप्लव समूहका जिल्ला जनपरिषदका अध्यक्ष जय हादुर ठाडामगर र डीसीएम रोहित सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए। उनीहरुको साथबाट पर्चा तथा हतियार फेला पारेको उनले बताए।

    गस्तीका क्रममा तिघ्रामा गोली लागेका चौधरीको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरु उपर अनुसन्धान भइरहेको एसपी बास्तोलाले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...

    सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

    निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्...

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...