News Portal

  • मार्क्स–लेनिनको फोटो बिनाको नेकपाको व्यानर !

    भक्तपुरपोष्ट संवाददाता१५ माघ २०७६
    ३१४८ पटक
    १५ माघ २०७६

    काठमाडौं । राजधानीको भृकुटीमण्डपमा रहेको राष्ट्रिय सभागृहमा शुरु भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक मार्क्स र लेनिनको फोटो राखिएको छैन ।

    कम्युनिस्ट पार्टी भन्ने वित्तिकै त्यसका आदर्श व्यक्तिहरुमा कार्ल मार्क्स र एंगल्स, लेनिनलगायतलाई लिने गरिएको छ ।मार्क्स र एंगल्सले लेखेको ‘कम्युनिस्टको घोषणा पत्र’ र लेनिनले गरेको त्यसको प्रयोग र संगठनात्मक स्वरुपलाई अवलम्बन गर्ने पार्टीहरुलाई कम्युनिस्ट पार्टी भन्ने गरिन्छ र उनीहरुले पनि आफ्ना आदर्शको रुपमा ति नेताहरुलाई नै लिने गरेका छन् ।

    कम्युनिष्ट आन्दोलनका मार्गदर्शकका रुपमा रहेका कार्ल मार्क्स र लेनिनको फोटो आजदेखि सुरु केन्द्रिय किमिटी बैठक स्थलबाट हटाइएको छ ।

    कम्युनिष्ट अनुयायी पार्टीहरुले कम्युनिष्ट आन्दोलनका पथप्रदर्शक नेताहरुको फोटो अनिवार्य प्रयोगमा ल्याउँछन् । प्रत्येक कार्यक्रमको सुरुवातमा कार्ल मार्क्स, लेनिन, माओ र स्टालिनलगायतका नेताहरुको सम्झना गर्दछन् । तर सत्तारुढ दल नेकपाको कार्यक्रम स्थलबाट पथप्रदर्शक नेताहरुको फोटो हटाइएको छ ।

    पथप्रदर्शक नेताहरुको फोटो राख्ने ठाउँमा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ र तत्कालिन एमालेका नेता मदन भण्डारीको फोटो टाँगिएको छ । पुष्पलाल श्रेष्ठलाई नेपाली कम्युनिष्ट आन्दोलनमा श्रेयव्यक्ति मानिने भएपनि मदन भण्डारीलाई भने तत्कालिन एमालेबाहेकका पार्टीहरुले अस्वीकार गर्दछन् ।

    नेपालका वामपन्थीहरुले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको तस्वीर कार्यक्रमहरुमा राख्ने गरेका छन् भने तत्कालिन नेकपा एमालेले पूर्व महासचिव मदन भण्डारीलाई जननेताको रुपमा लिँदै उनको तस्वीरलाई महत्वका साथ कार्यक्रमहरुमा प्रस्तुत गर्दै आएको छ ।

    तत्कालीन माओवादी केन्द्रले भने मार्क्स, एंगल्स, लेनिन, स्टालिन र माओको फोटो राख्दै आएको थियो । दुई पार्टीबीच एकता भएपछिका कार्यक्रमहरुमा पनि मार्क्स, एंगल्स र लेनीनको फोटो राख्ने गरिएको थियो ।तर, नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठकको उद्घाटन स्थलमा राखिएको ठूलो व्यानरमा भने वामपन्थीका आदर्श व्यक्तिको तस्वीर देख्न पाइँदैन ।

    बैठकमा राखिएको व्यानरमा नेपाली वाम आन्दोलनका दुई हस्तीहरुको तस्वीरमात्र देख्न सकिन्छ । पुष्पलाल र मदन भण्डारी ।एकताअघि तत्कालीन नेकपा एमाले ले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र तत्कालीन नेकपा (एमाओवादी केन्द्र) ले एक्काइसौँ शताब्दीको जनवादको नीति अँगालेका थिए ।

    पार्टी एकतापछि नेकपाको २०७५ जेठ ३ गते सम्पन्न प्रथम केन्द्रीय कमिटीको बैठकबाट पारित ‘अन्तरिम विधान, २०७५’ मा ‘पार्टीको रणनीतिक लक्ष्य अर्थात् अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद हो, न्यूनतम कार्यक्रम जनताको जनवाद हो र यो समाजवादोन्मुख छ’ भनिएको थियो ।

    तत्कालीन एमालेका महासचिव जननेता मदनकुमार भण्डारीले नेपाली भूराजनीतिक अवस्थालाई ध्यान दिँदै माक्र्सवाद–लेलिनवादको सिर्जनात्मक प्रयोगका रूपमा विसं २०४९ मा सम्पन्न पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको ‘जबज’ कम्युनिष्ट पार्टीको लोकतान्त्रिकीरणका लागि पृथक र लोकप्रिय मानिन्छ ।

    कम्युनिष्ट आन्दोलनका पथप्रदर्शक नेताहरुको फोटो हटाएसँगै कार्यक्रम स्थलमा पार्टी अध्यक्षद्वय केपि शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को भने फोटो टाँगिएको छ । कार्यक्रम स्थलको दाँयातिर अध्यक्ष ओली र बाँयातिर अर्का अध्यक्ष प्रचण्डको फोटो राखिएको छ ।

    कार्यक्रम स्थलमा पार्टी अध्यक्षहरुको फोटो टाँगिएको विषयमा पनि कतिपय नेताहरुले असन्तुष्टी जनाएका छन् । पार्टीको केन्द्रिय समिति बैठक स्थलमा राखिएको फोटोबारे नेकपाका एक नेताले चाकडीको उपजको रुपमा नेताहरुको फोटो राखिएको टिप्पणी गरे । उनले कार्यक्रम स्थल व्यवस्थापनमा केन्द्रिय कार्यालय टिम निकै चुकेको टिप्पणी गरे ।

    यद्यपि मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा गइसकेपछि तत्कालीन एमालेभित्र जबजको परिमार्जनबारे बहस भएको थियो । तत्कालीन माओवादी केन्द्र र कतिपय कम्युनिष्ट घटकले ‘जबज’ संसदीय राजनीतिक प्रणालीकै पक्षमा रहेकाले यसबाट जनवादी क्रान्ति पूरा नहुने टिप्पणी गर्दै आएका थिए ।

    जबजका मुख्य विशेषता ‘संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यता’ लाई भने नेकपाको विधानले समेटेको छ ।

    यसअघि लेनिन दिवसको अवसर पारेर पार्टी एकताको सन्देश दिन नेकपाले आयोजना गरेको कार्यक्रममा लेनिनको फोटो नराखिएको व्यानर भएपछि पूर्व माओवादी कार्यकर्ताले विरोध जनाएका थिए । जसले गर्दा कार्यक्रममा होहल्ला भएको थियो । पछि माक्र्स र लेनीनको फोटो सहितको ब्यानर राखिएको थियो भने माक्र्स र लेनीनको फोटो टेबलमा राखेर कार्यक्रम अगाडि बढाइएको थियो । यसपाली भने खासै विरोध सुनिएन ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...