News Portal

  • काठमाडौंका पाँच अस्पतालमा ‘कोरोना भाइरस’को परीक्षण

    भक्तपुरपोष्ट संवाददाता१५ माघ २०७६
    १०४५ पटक
    १५ माघ २०७६

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना भाइरस’ संक्रमण भए/नभएकाे बारे जानकारीका लागि काठमाडौं उपत्यकाका पाँच वटा अस्पतालबाट परीक्षण शुरु गरिएको जनाएको छ । बुधबार मन्त्रालयले पत्रकार सम्मेलन गरी अस्पतालहरुको निगरानीका लागि डा. गुणराज लोहनीको नेतृत्वमा अनुगमन टोली गठन गर्न लागेको समेत जानकारी दिएको हो ।

    मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले शुक्रराज ट्रपिकल तथा सरुवा रोग, त्रिवि शिक्षण अस्पताल, पाटन, वीर, भक्तपुर र सैनिक अस्पताललाई कोरोनाभाइरसको उपचार गराउने ‘हब’ अस्पतालको रुपमा छुट्याइएको जानकारी दिए ।

    उनले काठमाडौंका अरु १३ वटा अस्पताललाईसमेत कोरोना भाइरस संक्रमणको परीक्षण तथा उपचारका लागि छुट्याइएको जानकारी दिए । सामान्य रुघाखोकी लाग्दैमा डराउनु नपर्ने भन्दै प्रवक्ता श्रेष्ठले कोरोनाभाइरस परीक्षणका लागि बुधबार एक जना बिरामी पनि अस्पताल भर्ना नभएको जानकारी दिए ।

    कोरोना भाइरसको लक्षण दुईदेखि १० दिनभित्र देखिसक्ने भन्दै मन्त्रालयले चीनबाट फर्किएका मानिसहरुलाई बढी निगरानीमा राखिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...