News Portal

  • पढ्नुको उदेश्य जागिर खानु र पैसा कमाउनु हुनुहुदैन : मेयर प्रजापति

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ माघ
    २९९६ पटक
    भक्तपुर, १६ माघ

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाको उदेश्य पैसा कमाउने नभई देश र जनताको सेवा गर्ने हुनुपर्नेमा जोड दिएका छन् । व्यक्तिगत सुख भोगका लागि प्रेरित भै हासिल गर्ने शिक्षाले समाजलाई अगाडी बढाउँन नसक्ने उनको भनाई छ ।

    बिहीवार भक्तपुर १० स्थित पारागन एकेडेमीको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले भने,”पढ्नुको उदेश्य जागिर खानु र पैसा कमाउनु हुनुहुदैन ।” शिक्षा श्रम र उत्पादनसंग जोडिनुपर्ने जिकिर गर्दै प्रमुख प्रजापतिले तबमात्र समाज र देशको विकाश हुने बताए ।

    राम्रा विद्यार्थीहरु विदेश गईरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले विद्यार्थीहरुमा देशभक्तिको भावना जागृत गराउनुपर्नेमा जोड दिए । विश्वविद्यालयहरुले शिक्षासँगै सीप र श्रम गर्न सिकाउनुपर्ने भन्दै उनले त्यस्ता व्यक्ति कहिल्यै पनि बेरोजगार हुनुनपर्ने दावी गरे ।

    भक्तपुर नगरपालिकाले शिक्षालाई विशेष प्राथमिकता दिई कार्य गरिरहेको बताउदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य समेत रहेका प्रजापतिले अध्यक्ष नारायणमान विजुक्छेंले परिकल्पना गरेको “१०० वर्ष पछिको भक्तपुर”लाई साकार पार्न नगरपालिकाले शिक्षामा महत्वका साथ् लगानी गरिरहेको जानकारी गराएका थिए ।

    भक्तपुरले सबैभन्दा पहिला स्थानीय पाठ्यक्रम बनाएर मोडेल स्थापाना गरेको भन्दै उनले इसीडी देखि कलेज सम्म नगरपालिकाले संचालन गरिरहेको जानकारी गराउदै विस्वविद्यालय संचालन गर्न समेत नगरपालिका सक्षम रहेको बताए ।

    उक्त अवसरमा प्रमुख प्रजापतिले पारागन एकेडेमीले देशको लागि योग्य जानशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गर्दै शिक्षाले समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    कार्यक्रममा नगर शिक्षा प्रमुख हरि निरौला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी प्रसाद कुसी, एनप्याब्सनका जी.बी खड्का, नगर शिक्षा प्रमुख हरि निरौला, प्रिन्सिपल पुण्यराम कवां, मोर्डन बोर्डिङ स्कूलका सस्थापक बाबुकाजी कसपाल, उत्प्रेरक रमन नेपाली, ईसीडी.एक्पर्ट सानु खड्का, अभिभावक दिपक लामिछाने, शिक्षक राजेन्द्र फोंजु, विद्यार्थी विजया काफ्ले लगायतले विद्यालयले शिस्खा क्षेत्रमा पुर्याइरहेको योगदानबारे चर्चा गरेका थिए ।

    उक्त अवसरमा विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरु, विभिन्न परीक्षामा सर्वोकृष्ट छात्र–छात्राहरु, साफ खेलकुदमा उत्कृष्टता हासिल गरेका पूर्व विद्यार्थीहरु तथा विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा उत्कृष्ट हुन सफल भएकाहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...