News Portal

  • भारतमा बच्चाहरूलाई बन्धक बनाउनेलाई प्रहरीले मार्‍यो, श्रीमतीलाई स्थानीयवासीले मारे

    भक्तपुरपोष्ट संवाददाता१७ माघ २०७६
    ९९३ पटक
    १७ माघ २०७६

    आफ्नी एक वर्षीया छोरीको नक्कली जन्मदिन मनाउन भोज आयोजना गरेर २० बच्चालाई बन्धक बनाएका एक भारतीय पुरुषलाई प्रहरीले गोली हानेर मारिदिएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार हत्याका आरोपित सुभाष बाथम धरौटीमा छुटेका थिए।उत्तर प्रदेशको फरुखाबाद जिल्लामा पछि स्थानीयवासीहरूले उनकी श्रीमतीलाई कुटीकुटी मारिदिएका थिए।

    प्रहरीसँग उनको १० घण्टासम्म घम्साघम्सी चलेको थियो जुनबेला प्रहरी अधिकारीले उनीसँग सम्झौता गर्न खोजेका थिए। पछि उक्त भवनमा प्रहरी जबरजस्ती पसेपछि उनी मुठभेडमा मारिएका थिए। बन्धक बनाइएका छ देखि १५ वर्ष उमेरका सबै २३ बच्चाको सुरक्षित उद्धार गरिएको छ।

    स्थानीय पत्रकार दीपक कुमार श्रीवास्तवले स्थानीयवासीले पुरै रात त्रासमा बिताएको बताए। “उनीहरूमा त्रास थियो र कोही पनि सुतेनन्। उनीहरू आफ्ना बच्चाको सुरक्षा निम्ति चिन्तित थिए।” उनले भने, “प्रहरीले घण्टौँसम्म उनलाई आत्मसमर्पण गर्न मनाउन खोजेको थियो। जब त्यो प्रयत्न सफल हुन सकेन प्रहरीहरूले विशेष फौज मगाएका थिए।”

    बाथमले आफ्नी छोरीको जन्मदिन भन्दै गाउँका बच्चाहरूलाई आफ्नो घर डाकेका थिए। त्यसपछि उनले आफ्नी छोरी र श्रीमतीसहित सबैलाई उक्त भवनमा बन्धक बनाएका थिए। श्रीवास्तवले भने, “हत्या आरोपमा आफ्नो पक्राउ पर्नुमा उनले स्थानीयवासी जिम्मेवार रहेको उनको विश्वास थियो र उनी त्यसकै बदला लिन चाहन्थे। ”

    बन्धक बनाएको ७ घण्टापछि बाथमले एक छ महिने बच्चालाई कौसीबाट एक छिमेकीलाई दिएका थिए। छिमेकीहरूले अधिकारीहरूलाई जानकारी दिएपछि त्यहाँ प्रहरी पुगेको थियो। प्रहरीमाथि उनले आफ्नो भवनबाट प्रहरीमाथि गोली चलाएका थिए। उत्तर प्रदेश प्रमुख ओमप्रकाश सिंहले भने, “उनीसँग गोलीगट्ठा रहेको थाहा पाएपछि र बम पड्काउने भन्ने धम्की दिएपछि प्रहरीले उनीमाथि आक्रमण गर्ने निर्णय गर्‍यो।”

    “हामीले घरभित्र पस्ने प्रयत्न गर्‍यौँ, सुभाष मुठभेडमा मारिए।” गोली हानाहानमा उनकी श्रीमती, दुईजना प्रहरी र एकजना बाहिरी व्यक्ति घाइते भएका थिए।

    इन्डिया टुडेका अनुसार बाथमले यसअघि स्थानीय सरकारी कार्यालयलाई पत्र लेख्दै उनको घरमा शौचालयको सुविधा नभएको र उनलाई सरकारी आवास मनाही गरिएको बताएका थिए। उनले आफू श्रमिक भएको र उनकी बिरामी आमाले खुला ठाउँमा शौच गर्नुपरेको बताएका थिए।

    घन्टौँ लामो बन्धक काण्डमा केही टेलिभिजन च्यानलहरूले बाथमलाई सम्पर्क गरेर यदि उनको माग सरकार या अधिकारीहरूसँग पुर्‍याउन मन भए आफूहरूसँग कुरा गर्न आग्रह गरेका थिए।

    विविसीबाट

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...