News Portal

  • वुहानमा रहेका नेपालीहरूको उद्धार गर्न विशेष विमान पठाउने तयारी

    भक्तपुरपोष्ट संवाददाता१८ माघ २०७६
    ८६९ पटक
    १८ माघ २०७६

    नयाँ कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको हुबे प्रान्तमा रहेका सबै नेपाली नागरिकको उद्धार गरिने भएको छ।शनिवार बेइजिङस्थित नेपाली दूतावासले एउटा सूचना जारी गर्दै हुबेमा रहेका नेपालीहरूको उद्धार गर्ने र इच्छुक व्यक्तिलाई त्यसका लागि आवेदन दिन भनेको छ।यसअघि त्यस क्षेत्रमा रहेका नेपालीहरूले आफूहरूलाई तत्काल उद्धार गर्न सरकारसँग माग गरेका थिए।

    नेपालीहरूको उद्धारका लागि एउटा विशेष चार्टर्ड विमान पठाइन लागेको र त्यसबारे विस्तृत विवरण चाँडै सार्वजनिक गरिने दूतावासद्वारा जारी सूचनामा जनाइएको छ।चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसलाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी स्वास्थ्य सङ्कट’ घोषणा गरेको छ।

    चीनमा ११,००० भन्दा बढी व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ भने अहिलेसम्म २५९ जनाको मृत्यु भइसकेको छ।चीनबाहिर नेपालसहित २२ देशमा १०० जनाभन्दा बढी व्यक्तिमा सङ्क्रमण भएको विवरण प्राप्त भएको छ।

    वुहानमा पहिला पुष्टि भएका ४२५ सङ्क्रमणमा आधारित

    ५९ वर्षसङ्क्रमित व्यक्तिको औसत उमेर

    ८९%सङ्क्रमण भएको कम्तीमा पाँच दिनसम्म अस्पताल भर्ना भएनन्

    ५६%सङ्क्रमित व्यक्ति पुरुष

    ५५%नयाँ वर्षअघि भएका सङ्क्रमणको समुद्री खाद्यपदार्थसँग सम्बन्ध

    दूतावासले हुबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने सरकारले निर्णय गरेको जनाएको छ।त्यसका लागि एउटा विशेष चार्टर्ड विमानको व्यवस्था गरिने र त्यसबारे विस्तृत विवरण चाँडै सार्वजनिक गरिने सूचनामा उल्लेख छ।उद्धारका लागि हुबे प्रान्तमा रहेका इच्छुक नेपाली नागरिकले दूतावासले जारी गरेको सूचनामा भनिएबमोजिम फर्म भरेर [email protected] मा पठाउनुपर्नेछ। आवेदनका लागि ९:०० बजे, फेब्रुअरी २, २०२० को समयसीमा तोकिएको छ।

    विमानस्थलमा गरिने उडानपूर्व गरिने स्वास्थ्यजाँचको नतिजामा बाहेक यदि यो आवश्यकता पूरा गर्न नसकेमा आवेदकले कानुनबमोजिम कारबाही भोग्नुपर्ने दूतावासले जनाएको छ।नेपाल फर्किन चाहनेहरूको आवेदनका आधारमा विशेष उडानको विवरण तय गरिने सूचनामा उल्लेख छ।

    दूतावासले यो सूचनाका कारण कुनै अन्योल सिर्जना नहोस् भनेर ह्वीच्याट ग्रूपमा नफैलाउन अनुरोध गरेको छ।उद्धारका लागि नेपाल वायुसेवा निगमको विशेष जहाज प्रयोग गरिने बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले बताए।उनका अनुसार हुबेको वुहानमा सबैभन्दा धेरै नेपालीहरू रहेका छन् भने त्यहाँबाट केही टाढाका अरू सहरमा पनि नेपालीहरू रहेको पाइएको छ।

    “सबैलाई भेला गरेर नेपाल पठाउनका लागि छिटोमा तीन दिन र ढिलोमा पाँचदेखि सात दिन लाग्न सक्छ,” उनले भने।लम्सालका अनुसार हुबेमा रहेका १८८ जना विद्यार्थी र श्रम स्वीकृति लिएर कामदार भिसामा रहेका १० जना गरी कुल १९८ जना नेपालीहरू दूतावासको सम्पर्कमा आएका छन्।

    लम्सालले भने, “उहाँहरूलाई हामीले आइतवार बिहान ९ बजेसम्मको समय दिएर फर्म भर्न भनेका छौँ, कति जनाले नेपाल जान इच्छा गर्नुहुन्छ। त्यसैका आधारमा कहिले जहाज आउने भन्ने तय हुन्छ।”वुहानमा रहेका नेपाली विद्यार्थीहरूले पनि सरकारको पछिल्लो कदमले आफूहरूको आशा बढाएको प्रतिक्रिया दिएका छन्।वुहानमा एमबीबीएस अध्ययनरत एकजना नेपाली विद्यार्थी श्रद्धा श्रेष्ठले भनिन्, “हामी पहिले निकै निराश बनेका थियौँ। सरकारको पछिल्लो निर्णयले आशा जगाएको छ।”नमा रहेका नेपालीहरूले उद्धारको पहल गरिदिन आग्रह गरेपछि सरकारलाई दबाव परेको थियो।

    शुक्रवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको वुहानबाट नेपाली नागरिकलाई स्वदेश ल्याउने निर्णय जुनसुकै बेला गर्न सकिने बीबीसी नेपालीलाई बताएका थिए।उनले त्यसबारे चिनियाँ परराष्ट्र मन्त्रालयलाई तीन दिनअघि पत्राचार पनि गरिसकिएको बताएका थिए।”उहाँहरूलाई ल्याउने र सुरक्षित राख्ने यी दुइटै कुरा सँगसँगै लैजानुपर्ने हुन्छ,” ज्ञवालीले भनेका थिए। “स्थितिलाई हामीले नजिकबाट हेरिरहेका छौँ र आवश्यक पर्दा कुनै पनि बेला हामी त्यो निर्णय गर्छौँ।”

    विविसीबाट

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...