News Portal

  • अमेरिकामा राष्ट्रपति चुनावका लागि उम्मेद्वार चयनको प्रकिया सुरु

    भक्तपुरपोष्ट संवाददाता२० माघ २०७६
    ८५३ पटक
    २० माघ २०७६

    काठमाडौं । आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि अमेरिकामा उम्मेदवार चयनको प्रकिया सुरु भएको छ ।डेमोक्र्याटिक र रिपब्लिकन पार्टीका समर्थकले आफ्नो तर्फबाट उम्मेदवार चयनका लागि आज सोमबारदेखि मतदान प्रकिया सुरु गरेका हुन ।

    रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै आउँदो चुनावमा पनि उम्मेद्वार बन्ने छन ।सामान्यताः अमेरिकामा एक जना राष्ट्रपतिलाई दुई कार्यकाल दिने प्रचलन रहेकाले रिपब्लिकले अर्को उम्मेद्वार तय गर्ने छैनन ।

    तर डेमोक्र्याटिक पार्टीमा भने ट्रम्पसँग प्रतिस्पर्धा गर्नका लागि उम्मेदवार बन्ने होडमा अझै पनि ११ जना आकांक्षी रहेका छन् ।डेमोक्र्याटिकका तर्फबाट उम्मेद्वार तय गर्न सोमबार आयोवा ककसमा मतदान हुँदैछ । केही समयदेखि डेमोक्र्याटिक पार्टीका आकांक्षीले मध्यपश्चिमी राज्य आयोवालाई केन्द्रमा राखेर चुनावी अभियान सञ्चालन गरेका थिए ।

    उम्मेदवार चयनका लागि हुने प्रारम्भिक मतदान आउँदो जुनसम्म जारी रहनेछ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...