News Portal

  • पुलमा रहेको शिक्षक दरबन्दीको जिल्लान्तर सरुवामा रोक

    भक्तपुरपोष्ट संवाददाता२१ माघ २०७६
    ३४१९ पटक
    २१ माघ २०७६

    भक्तपुर । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्खरै शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरेपनि स्थानीय तहको पुलमा रहेको शिक्षक दरबन्दीको  जिल्लान्तर सरुवामा भने रोक लगाएको छ ।

    केन्द्रले यही बिहीवार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई  पत्र लेख्दै जिल्लान्तर सरुवा फुकुवा गरिएको जनाएको थियो  । केन्द्रले लेखेको पत्रमा २०७६ मंसिर ३० केन्द्रको वेवसाइटमा सार्वजनिक गरिएको विवरण अनुसार पुल दरबन्दी नभएको तहको रिक्त दरवन्दीमा जिल्लान्तर सरुवा फुकुवा गरिएको जनाएको थियो ।

    कार्तिक २४ गते केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न नभएसम्मका लागि भन्दै करारमा नियुक्ति र सरुवामा रोक लगाएको थियो ।

    केन्द्रले पुल दरबन्दी रहेका सवै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै पुल दरबन्दी रहेको स्थानीय तहहरुको पुल दरबन्दी रहेका जिल्लामा जिल्लान्तर सरुवामा रोक लगाएको हो । केन्द्रले त्यस्ता पुल दरबन्दीका तीनै तहका शिक्षकलाई हाललाई अन्तर जिल्ला सरुवामा रोक लगाएको हो ।

    रोक लगाइएका स्थानीय तहहरु

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...