News Portal

  • नेपालमै बनेको बजाजको ‘डोमिनार’ बाइकको विक्री शुरू, यस्ता छन् विशेषता

    भक्तपुरपोष्ट संवाददाता२१ माघ २०७६
    ११९२ पटक
    २१ माघ २०७६

    काठमाडौं । नेपालमै एसेम्बल भएको बजाजको ‘डोमिनार–४००’ बाइकको विक्री शुरू भएको छ । यो ‘डोमिनार ४००’ हाल टेकुस्थित शोरूमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    यो मोटरसाइकल भारतमा बनेको भन्दा सस्तो भएको बजाजको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजका अध्यक्ष शेखर गोल्छाले जानकारी दिएका छन् । केही समयपछि यो मोटरसाइकल अरु शोरूममा पनि उपलब्ध हुने उनले बताए ।

    गत वर्षको बजेटले मोटरसाइकलमा सिसि अनुसार कर लगाएपछि यसको मूल्य ५ लाख ८९ हजार ९ सय पुगेको थियो । नेपालमै एसेम्बल भएपछि यसको मूल्य ५ लाख २९ हजार ९ सयमा झरेको छ । भारतमा निर्मित र नेपालमा निर्मित डोमिनारमा खासै भिन्नता नभएको कम्पनीका एक कर्मचारीले जानकारी दिए । ‘यसमा भाइब्रेसन घटाइएको छ र एग्जस्ट २ ओटा राखिएको छ अरु भिन्नता छैन,’ उनले भने ।

    ३७३.३ सिसीको डोमिनार ८६५० आरपिएममा ४०पिएस पावर र ७००० आरपिएममा ३५ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्धन क्षमता १३ लिटर छ भने २५.५९ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसमा डुअल च्यानल एबिएस, एलइडी टेल लाइट, स्पिडोमिटर लगायतका फिचर्स छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...