News Portal

  • सरकारले सीजी टेलिकम अनुमति पत्र खारेज गर्यो

    भक्तपुरपोष्ट संवाददाता२१ माघ २०७६
    ११३५ पटक
    २१ माघ २०७६

    काठमाडौं। सरकारले चौधरी ग्रुपको सीजी कम्युनिकेशन (टेलिकम) प्रालिलाई प्रदान गरिएको दूरसञ्चार अनुमति पत्र खारेज गरिदिएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै आइतबारदेखि लागू हुने गरी सीजी कम्युनिकेशनलाई प्रदान गरिएको लाइसेन्स खारेज गरिएको जनाएको छ । सीजी कम्युनिकेशन (तत्कालीन एसटीएम टेलिकम)ले ७ वटा जिल्लामा (सीमित गतिशीलतामा आधारित वायरलेस दूरसञ्चार सेवा) प्रवाहका लागि भन्दै १९ माघ २०६६ मा अनुमतिपत्र पाएको थियो ।

    तर, सीजीले उक्त सेवाको लागि आवश्यक पर्ने नवीकरण दस्तुर नतिरेको भन्दै प्राधिकरणले केही समय अगाडि लाइसेन्स निलम्बन गरेको थियो । लाइसेन्स निलम्बन गरेर राजश्व दाखिला गर्नका लागि ताकेता गर्दा पनि राजश्व रकम दाखिला नगरेको भन्दै प्राधिकरणले अन्ततः लाइसेन्स नै खारेज गरिदिएको हो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...