News Portal

  • वार्डेन र अध्यक्षहरुको भक्तपुरमा भेला : संरक्षण जनताको हित भन्दा माथि नहुने मन्त्रीको भनाई

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ माघ
    १५२९ पटक
    भक्तपुर, २२ माघ

    बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संरक्षण जनताको हित भन्दा माथि हुन नसक्ने बताएका छन् । देशभरका वार्डेन र मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिका अध्यक्षहरुको भेलालाई भक्तपुरमा सम्बोधन गर्दै मन्त्री बस्नेतले जैविक विविधता संरक्षणको नाममा जनताले दुख पाउनु नहुने बताएका हुन् ।

    बुधबार निकुन्ज तथा बन्यजन्तु संरक्षण विभागद्वारा भक्तपुरको प्राणि उद्यानको प्रांगणमा आयोजित छत्तिसौं वार्डेन सेमिनार तथा १८ औ मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिका अध्यक्षहरुको भेलालाई उद्घाटन पछि सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, ”संरक्षण क्षेत्रका कारण दुखपाएको गुनासो स्थानीय जनताहरुबाट आउने गरेको छ । कति ठाउँमा त संरक्षण क्षेत्र आफ्नो ठाउँबाट लैजान समेत स्थानीयले भनेका छन् । यो गम्भीर कुरा हो । कतै संरक्षणका नाममा हामी यान्त्रिक त भएका छैनौ ? सबैले सचेततापूर्वक सोच्नुपर्ने भएको छ ।”

    कार्यक्रममा मन्त्री बस्नेतले संरक्षणकर्मी र स्थानीय जनप्रतिनिधिहरु बीच बढ्दो तिक्तता कसरी हटाउने भन्ने चुनौती भएको भन्दै संरक्षणको क्षेत्रमा स्थानीय सरकारलाई विस्वासमा लिएर नयाँ ढंगले अघि बढ्नुको बिकल्प नभएको भनेका थिए ।

    उक्त अवसरमा पूर्व उद्योग मन्त्री समेत रहेका भक्तपुर क्षेत्र नम्बर २ का संघीय सांसद महेश बस्नेतले आफ्नो क्षेत्रमा पनि प्राणि उद्यान एवं बन क्षेत्र रहेको भन्दै आफू जैविक विविधताको बारे विज्ञ नभएपनि अनभिज्ञ समेत नरहेको जिकिर गरे । संरक्षणकर्मीहरुले स्थानीय जनतालाई भन्दा बढी महत्व बन्यजन्तुलाई दिनेगरेका कारण जनताको समस्या उनीहरुले सुन्न नसक्दा समस्या हुनेगरेको उनको भनाइ छ ।

    जैविक विविधताको संरक्षण गर्दै विकाशका पूर्वाधार समेत विस्तार गर्दै जानुपर्ने अहिलेको आवस्यकता रहेको औल्याउदै सांसद बस्नेतले जनप्रतिनिधिहरु स्थानीय जनता र संरक्षणकर्मीहरु बीच पुलको काम गर्न सक्ने हुनुपर्नेमा जोड दिएका थिए ।

    त्यसैगरी कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा विस्वनाथ ओलीले जैविक विविधताको संरक्षणका क्षेत्रमा ८ अर्वको लगानी रहँदा मुस्किलले १ अर्वको पनि फाइदा दिन नसकेको प्रसंग उल्लेख गर्दै राज्यलाई यस क्षेत्रबाट कसरी लाभान्वित गर्ने भन्ने बारेमा योजना बनाउन निर्देशन दिएका थिए भने मध्यवर्ती क्षेत्र संजालका अध्यक्ष मधुकर मल्लले पंचायतकालीन ऐननियमका कारण संरक्षणको क्षेत्रमा युग सुहाउदो परिवर्तन हुन नसकेको दावी गरेका थिए ।

    रास्ट्रिय निकुञ्ज तथा बन्यजन्तु विभागका महानिर्देशक गोपाल भट्टराईको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा भक्तपुर २ (क) का प्रदेश सभा सांसद शशिजंग थापा, सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेत, डा स्वयंभूमाान अमात्य, डा कृष्णचन्द्र पौडेल लगायत अतिथिको रुपमा उपस्थित रहेका थिए ।

    बुधवार शुरु भएको उक्त छत्तिसौं वार्डेन सेमिनार तथा १८ औ मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिका अध्यक्षहरुको भेला शुक्रवार सम्म चल्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज...

    सत्तारुढ एमालेले जग्गा दान लिनु भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेसनको ठहर

    ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले सरकारवादी मुद्दा बेहोरिरहेका र अदालतबाट दोषी ठहर भएकासँग जग्गा दान लिनु भ्रष्टाचारको...

    भेटिएन विमानमा बम

    भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरलाइन्सको विमानमा बम नभेटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ...

    बेश्याबृत्ति गराएको अभियोगमा महिला गिरफ्तार

    जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा...

    हेर्नुस् सरकारलाई विपक्षी दलले तत्काल गर्न भनेका १३ काम

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौँ नेपाल । विषयः...