News Portal

  • अध्यक्ष बिजुक्छेँले गरे ३ दिने शैक्षिक प्रदर्शनीको उद्घाटन

    भक्तपुरपोस्ट संवाददाता
    १२५५ पटक

    भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित शैक्षिक प्रदर्शनीको उद्घाटन गरिएको छ । बुधबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले उक्त प्रदर्शनी उद्घाटन गरेका हुन ।

    बुधवार शुरु भएको प्रदर्शनी शुक्रवार सम्म सञ्चालन हुने र प्रवेश निःशुल्क भएको बताइएको छ । प्रदर्शनीमा कलेजका विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँच वटा संकायमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका विद्यार्थीहरूले स्टलहरू राखेको कलेज स्रोतले जनाएको छ ।

    उक्त प्रदर्शनी उद्घाटन पछि बोल्दै वरिष्ठ बामपन्थी नेता बिजुक्छेँले कुनै पनि शैक्षिक संस्थाको सफलता शिक्षक र विद्यार्थीको संयुक्त मेहेनत र प्रयासले मात्र सम्भव बताए । विद्यार्थीहरू सिकाइका लागि अध्ययनशील र उत्साहित हुनुपर्ने त्यसका लागि शिक्षकहरूले थप योगदान गर्नुपर्ने उनको भनाइ छ ।

    एक फरक प्रसंगमा नेता बिजुक्छेले छिमेकी मुलुक चीनमा हालै महामारीको रुपमा देखा परेको कोरोना भाइरसको प्रकोपप्रति दुख व्यक्त गर्दै अमेरिका चीनको संकटमा रमाइरहेकोले उ अझ नाङ्गिएको टिप्पणी गरे ।

    कार्यक्रमा नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय अनुमति मागेको १२ वर्ष बित्दा पनि विश्वविद्यालय सञ्चालन स्वीकृति नपाउनुले सरकार सञ्चालक जवाफदेही नभएको प्रस्ट भएको दावी गरे ।

    एक राजनीतिक प्रसंगामा बोल्दै सांसद सुवालले अमेरिकी एमसीसी सम्झौता हिन्द प्रशान्त रणनीतिअन्तर्गतकै भएको जिकिर गर्दै यो नेपालको हितविपरीत भएको बताए ।

    कार्यक्रमका सभापति एवं कलेज सञ्चालक समितिका अध्यक्षसमेत रहेका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशभरि सरकारी वा समुदायिक विद्यालय तथा कलेजहरू असफल भइरहेको अवस्थामा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालय, कलेज शैक्षिक गुणस्तरको हिसाबमा कुनै निजी शैक्षिक संस्थाभन्दा कम नभएको उद्घोष गरे ।

    सीमाना जोडिएका ठाउँहरूमा भएको थिचोमिचो र अन्यायबारे खुलेर विरोध गर्न विद्यार्थीलाई आह्वान गर्दै प्रमुख प्रजापतिले ख्वपमा अध्ययरत हरेक विद्यार्थी देश रक्षाको निम्ति निरन्तर आवाज उठाउने सिपाहींको रुपमा अगाडि बढ्नुपर्ने बताएका थिए ।

    कार्यक्रममा नेमकिपा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले शिक्षामा भएको विभेदीकरण, वर्गविभेद, भागबण्डा र भ्रष्टाचारका कारण देशको शिक्षा क्षेत्र तहसनहस भएको भन्दै भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरू नमूनाको रुपमा जनताको आशा र विस्वासको केन्द्र बनिरहेको बताए ।
    त्यसैगरी अर्की सांसद सृजना सैंजुले नेपालका विश्वविद्यालयहरू बौद्धिक भ्रष्टाचारको केन्द्रको रुपमा रहेको भन्दै चिन्ता प्रकट गरेकी थिइन् ।

    कार्यक्रममा भक्तपुरकी उपप्रमुख रजनी जोशी, राष्ट्रिय परीक्षा बोर्डका अनुसन्धान गुणस्तर तथा शासकीय सुधार महाशाखाका प्रमुख डा. रामचन्द्र पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधान, भक्तपुरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याल लगायतले भक्तपुर शैक्षिक केन्द्रको रुपमा विकास भइरहेको भन्दै भक्तपुर नगरपालिकाले शिक्षामा गरिरहेको प्रगती अन्य स्थानीय तहको लागि अनुकरणीय रहेको टिप्पणी गरेका थिए ।

    कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशीले ख्वप कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वप माविको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    अध्ययनरत विद्यार्थीहरूले गीत, संगीत, नाच र विविध साँस्कृतिक प्रदर्शनीहरू प्रस्तुत गरेका थिए ।

    उक्त अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेँले कलेजमा अनवरत रुपमा १० वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारी तथा शिक्षकहरूलाई सम्मान गरेका थिए भने अन्य अतिथिहरूले विभिन्न विषयमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...