News Portal

  • सरस्वतीलाई ६-१ ले हराउँदै मछिन्द्र शीर्ष स्थानमा

    भक्तपुरपोष्ट संवाददाता२३ माघ २०७६
    ७३६ पटक
    २३ माघ २०७६

    काठमाडौं । मछिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । पूछारमा रहेको सरस्वती युथ क्लबलाई ६(१ को फराकिलो अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

    ११ खेलबाट मछिन्द्रले २५ अंक जोडेको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मी दोस्रो स्थानमा छ ।

    मच्छिन्द्रले खेलको पहिलो हाफमा १ गोल गर्‍यो भने दोस्रो हाफमा पाँच गोल थप्यो । खेलको ४०औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई शुरुआती अग्रता दिलाए ।रञ्जित धिमालको क्रसमा उनले हेड गोल गरेका थिए । त्यसैगरी खेलको ५४औँ मिनेटमा मच्छिन्द्रका दीपक राईले एक गोल थप्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए । उनले गोल गरेको पाँच मिनेट पनि बित्न नपाउँदै मच्छिन्द्रका अर्का खेलाडी विशाल राई (ए) ले गोल गरे । उनले खेलको ५९औँ मिनेटमा गोल गरेका थिए ।

    त्यसपछि खेलको ७७औँ मिनेटमा दीपक राईले व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा मच्छिन्द्रले दुई गोल थप्पो । मच्छिन्द्रका सोमिद ओलुवावुनमी एडिलाजा र आन्द्रेस नियाले एक एक गोल गरे ।

    त्यस्तै खेलको ८७औँ मिनेटमा सरस्वतीका कजिम बुसारीले पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काएका थिए । यससँगै ११ खेल खेलेको मच्छिन्द्रले २५ अङ्क जोडेको छ भने समान खेल खेलेको सरस्वतीको ४ अङ्क छ ।

    प्रतिकृया दिनुहोस्

    उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।आइतबार उनी डिस्चार्ज...

    भक्तपुरमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न माओवादी केन्द्रका उपमहासचिव पुनको निर्देशन

    पूर्व मन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन अनन्तले भक्तपुरमा प्रतिपक्षीको भूमिका...

    सञ्चारकर्मी एवं साहित्यकार आशुतोषको अमेरिकामा ब्रेकफास्ट गरौंला सार्वजनिक (भिडियोसहित)

    भक्तपुरका सञ्चारकर्मी एवं सुपरिचित साहित्यकार रामगोपाल आशुतोषको शब्दमा उनिएको ‘अमेरिकामा ब्रेकफास्ट गरौंला’ बोलको गीतमा म्युजिक...

    सल्लाघारीमा मौलिक नेवारी स्वादको नेवा: ननी शुरु

    भक्तपुरमा मौलिक नेवारी खाजा र खानाको स्वाद पस्कने नेवाः ननी शुभारम्भ भएको छ । भक्तपुर...

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...