News Portal

  • वुहानमा नवजात शिशुलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि

    भक्तपुरपोष्ट संवाददाता२३ माघ २०७६
    ८८४ पटक
    २३ माघ २०७६

    चीनको वुहानमा एक नवजात शिशुमा ३० घण्टाभित्रै कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।चीनमा फैलिएको सङ्क्रमणबाट पीडित हुने ती शिशु सबैभन्दा कम उमेरका व्यक्ति भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिने हुबे प्रान्तको वुहानमा ती शिशुको गत मङ्गलवार जन्म भएको थियो।

    सुत्केरी हुनुअघि नै उनकी आमालाई सङ्क्रमण भएको पत्ता लागेको थियो।तर ती शिशुमा गर्भावस्थामै भाइरस सरेको हो वा जन्मपछि सरेको यो त्यो स्पष्ट भइसकेको छैन। अहिलेसम्म चीनमा ५६३ जनाको मृत्यु भएको र २८,००० भन्दा बढीमा सङ्क्रमण भएको पुष्टि भइसकेको छ।

    चीनमा कोरोनाभाइरसको प्रकोप

    ५६३जनाको मृत्यु

    १,१५३जना निको

    २८,०१८जनामा सङ्क्रमण भएको पुष्टि

    २४,७०२जनामा सङ्क्रमण भएको आशङ्का

    १,८६,३५४जना चिकित्सकीय निगरानीमा

    स्रोत: National Health Commission China

     

    तर थौरै सङ्ख्यामा मात्र बालबालिका पीडित भएको बताइन्छ।चिनियाँ समाचारसंस्था सिन्ह्वाले ती शिशुलाई सङ्क्रमण भएको समाचार बुधवार प्रकाशित गरेको हो।उसका अनुसार ३.३५ किलो तौल भएका ती शिशुको अवस्था अहिले स्थिर छ र तउनलाई निगरानीमा राखिएको छ।

    विज्ञहरूका अनुसार गर्भमै उनलाई सङ्क्रमण भएको हुन सक्छ।वुहानस्थित बाल अस्पतालका चिकित्सक जेङ लिङ्कले समाचारसंस्था रोएटर्सलाई भने, “यसबाट आमाबाट बच्चामा कोरोनाभाइरस सर्न सक्ने सम्भावित मार्गबारे हामीले ध्यान पुर्‍याउनुपर्ने देखाउँछ।”तर जन्मपछि आमाबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ।

    कोलम्बिया यूनिभर्सिटीमा कार्यरत सरुवा रोगका विशेषज्ञले बिज्नस इन्साइडरलाई बताएअनुसार आमाले खोक्दा उत्सर्जित बिन्दुबाट सास फेर्दा शिशुमा पनि भाइरस सरेको हुन सक्छ।

    विविसीबाट

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...