News Portal

  • जहाजको समस्या होइन,क्वारेन्टाइन स्थल तयार हुनासाथ आफ्ना नागरिक ल्याउछौ : प्रवक्ता बाँस्कोटा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ माघ
    ९६१ पटक
    भक्तपुर, २३ माघ

    सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चीनको नोभेल कोरोना भाइरस प्रभावित वुहान क्षेत्रमा रहेका नेपालीबारे सरकार अत्यन्तै संवेदनशील रहेको बताएका छन् । परिवारको चिन्ता स्वाभाविक भएको भन्दै प्रवक्ता बाँस्कोटाले सरकार समेत यस विषयमा अत्यन्तै संवेदनशील र सजग रहेको स्पष्ट पारेका हुन् ।

    विहीवार नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता बाँस्कोटाले प्रभावित क्षेत्रमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने गृहकार्य भैरहेको जानकारी गराए ।

    ”सरकारले उद्धारको तयारी तीव्र पारेका छ, केहि दिनमै हामी ल्याउछौ ।” उनले भने । प्रभावित क्षेत्रबाट ल्याइएका नागरिकलाई १४ दिन ‘क्वारेन्टाइन’मा राखिने बताउदै उनले सो को लागि ‘क्वारेन्टाइन’स्थल चयन भैरहेको भनेका छन् । “जहाजको समस्या होइन, ‘क्वारेन्टाइन स्थल’ बिना हतारमा ल्याइहाल्नु पनि भएन ।” उनले स्पष्ट पारे । प्रवक्ता बाँस्कोटाका अनुसार ‘क्वारेन्टाइन स्थल’मा अलग्गै वार्ड, डाक्टर र ल्याब लगायतको प्रबन्ध गरिनेछ । त्यहाँ उनीहरु स्वस्थ रहेको यकिन भएपछि मात्र परिवारको सम्पर्कमा पठाइने व्यवस्था मिलाइने बताइएको छ ।

    कोरोना भाइरसको सङ्क्रमणलाई अन्तरराष्ट्रिय एकताबाट मुकाबिला गर्नुपर्ने बताउदै उनले मनोबल कमजोर बनाएर नहुने बताए । वुहानमा रहेका नेपालीको अभिभावकत्व राज्यको दायित्व भएको भन्दै उनले चीन सरकारसँग यसबारे गम्भीर संवाद भइरहेको खुलासा गरे । नेपाली नागरिकको स्वास्थ्यप्रति चीनले देखाएको चासोको प्रसंसा गर्दै प्रवक्ता बाँस्कोटाले छिट्टै चीनले कोराना भाइरस माथि विजय प्राप्त गर्ने समेत बिस्वास व्यक्त गरे ।

    उनले १८० जनालाई चीन बाट ल्याउँदा सबै नेपाली बिरामी पर्छन् भन्ने हल्ला फैलाइएको भन्दै हल्लाको पछि मानिसहरु दौडनु नहुने बताए । सरकारले बिहीवार उद्धार गरिने १८० जना नेपालीहरूलाई ‘क्वारेन्टाइन’ गर्ने ४ स्थानको टुङ्गो लगाएको छ जसमा २ स्थान भक्तपुरमा प्रस्ताव गरिएको छ । यस अघि पनि महामारीको रुप लिएको इबोलाको प्रकोप फैलिएका देशबाट आउने सैनिकलाई पनि क्वारेन्टाइनमा राखिएको थियो । सरुवा रोग फैलिएको स्थानबाट आउने मानिसलाई निश्चित अवधिका लागि चिकित्सकीय निगरानीमा अलग्गै राख्ने कामलाई क्वारेन्टाइन भनिन्छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...