News Portal

  • आलमलाई हिरासतमै राखेर मुद्दा चल्ने

    भक्तपुरपोष्ट संवाददाता२४ माघ २०७६
    १०१७ पटक
    २४ माघ २०७६

    रौतहट । रौतहटको चर्चित राजपुर काण्डका अभियुक्त निलम्बित सांसद महम्मद आफताब आलमको मुद्दामा उच्च अदालत विरगञ्जले रौतहट जिल्ला अदालतकै निर्णयलाई सदर गरेको छ। रौतहट जिल्ला अदालतले आलमलाई हिरासतमै राखी मुद्दा चलाउने निर्णय गरेको थियो।

    आलमलाई हिरासतमा नराखी स्वतन्त्र जीवनयापन गर्न पाउने गरी मुद्दा चलाउन भनी आलम पक्षले उच्च अदालत वीरगञ्जमा मुद्दा दायर गरेको थियो। शुक्रबार उच्च अदालत वीरगञ्जको १ नम्बर इजलाशका न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको इजलाशले आलमलाई हिरासतमै राखी मुद्दा चलाउने रौतहट जिल्ला अदालतको निर्णयलाई नै सदर गरेको हो।

    आलमको पक्षबाट उच्च अदालतमा ६ जना कानुन व्यावसायीले बहस गरेका थिए। आलमको तर्फबाट बहस गर्ने कानुन व्यावसायीमा सुधीरलाल कर्ण, पन्नालाल पटेल, विनय सिंह, रामेश्वर सेढाई, यदुनाथ खनाल रहेका छन्।

    आलमलाई सामान्य तारेखमा राखेर मुद्दा चलाउन रौतहट जिल्ला अदालतमा पनि आलमको पक्षबाट करिब तीन दर्जन कानुन व्यावसायीले बहस गरेका थिए तर रौतहट जिल्ला अदालतले भने हिरासतमा राखी मुद्दा चलाउने निर्णय गरेको थियो।

    यसैबीच आलमको मुद्दा रौतहट जिल्ला अदालतबाट सार्ने माग गर्ने सम्बन्धमा उच्च अदालत वीरगञ्जले रौतहट जिल्ला अदालतबाटै चलाउने निर्णय गरेको छ। आलमका विपक्षीहरुले रौतहट जिल्ला अदालतमा मुद्दा चलाउँदा प्रमाणहरु नष्ट हुने तथा साक्षीहरुलाई डराउने, धम्काउने काम भइरहेको भनी अन्यत्र मुद्दा सानुपर्ने माग दाबी गरी उच्च अदालत वीरगञ्जमा अर्को रिट दाबी गरेका थिए। आलमको मुद्दा अब रौतहट जिल्ला अदालतमै चल्ने निश्चित भएको छ।

    जिल्लाको सर्वाधिक चर्चित मुद्दाको रुपमा रहेको आलमको मुद्दाको हरेक पक्षमा व्यापक जनचासो रहेको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...