News Portal

  • शिक्षा मन्त्रीको नेतृत्वमा संचालित नेपालकै एकमात्र कम्युन ‘आधारशीला’ १७ औं वर्षमा प्रवेश

    भक्तपुरपोस्ट संवाददाता बर्दीबास, २५ माघ २०७६
    १६०४ पटक
    बर्दीबास, २५ माघ २०७६

    सिद्धान्त अनुसार कम्युनिष्टहरु कम्युनका हिमायती हुनुपर्नेमा नेपालको कम्युनिष्ट पार्टीका नेताकार्यकर्ताहरुले यसलाई व्यवहारमा बिर्सिएको देखिन्छ । तर, नेपालमा एउटा कम्युनिष्ट कम्युन भने अहिले पनि अस्तित्वमा रहेको छ । शनिवार यसले आफ्नो १७ औं वर्षगाँठ मनाउन समेत सफल भएको छ ।

    महोत्तरीको बर्दीबासमा रहेको नेपालकै एकमात्र कम्युनिष्ट कम्युन ‘आधारशिला’ ले १७ औं वर्षगाँठ मनाउन सफल भएको हो । १७ औं वर्षगाँठको अवसरमा महोत्तरीको बर्दीबासमा उत्सवको आयोजना गरिएको थियो । पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिस्ठ नेता झलनाथ खनाल, रास्ट्रिय सभा सदस्य एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, कलाकारहरु रामेश, रायन, जेबी टुहुरे लगायत कम्युनिष्ट बिचार बाट प्रेरित युवा तथा विद्यार्थीहरु  बार्षिकोत्सवको अवसरमा आधारशीला पुगेका थिए ।

    ‘आधारशीला’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं नेकपाका नेता गिरिराजमणि पोखरेलको नेतृत्वमा स्थापित कम्युन हो । यसको संरक्षकको रुपमा भने नेता नारायणकाजी श्रेष्ठ प्रकाश रहेका छन् । आधारशिलामा १७ परिवार सामुहिक जीवानशैलीमा रमाइरहेका छन् ।ब्यक्तिबादी चिन्तन हावी भैरहेको वर्तमान परिवेशमा पनि आधारशीलाले आफ्नो सामुहिकतालाई जीवन्त राख्दै १७ औ वर्ष प्रवेश गर्नु सुखद भएको त्यसलाई नजिकबाट नियालीरहेका भक्तपुर नेकपाका एक नेता सुरेश न्यौपाने बताउछन । आजबाट १७ बर्ष अघि २०५९ सालमा समाजवादको सांस्कृतिक र सामाजिक अभ्यास गर्ने उद्देश्यले तत्कालिन नेकपा एकता केन्द्र मसालको राजनीतिक कार्यदिशाअनुसार आधारशीला स्थापना भएको थियो । एकता केन्द्र मसाल पृष्ठभूमिकै नेताकार्यकर्ताका परिवार मिलेर आधारशीला खडा भएको हो ।

    ‘आधारशिला’ मा सामूहिक बसाइ मात्र छैन । यहाँको जीवनशैली पनि सामुहिक छ । सदस्यहरुको व्यक्तिगत सम्पति हुदैन । आधारशीलाले सबै सदस्यलाई उत्पादनसँग जोडेको छ । त्यसबाट हुने आयको भरमा नै आधारशीला चलिरहेको यसका सदस्य लोचन खतिवडाले जानकारी गराए । आधारशीलाका अगुवा रहेका मन्त्री पोखरेल आफै पनि सादगी नेता हुन् । उनको सम्पति भन्नु नै आधारशीला हो । राजनीतिमा लागेर हालसम्म अविवाहित नेता पोखरेलले आधारशीलालाई नै आफ्नो परिवार मानेका छन् । उनकै आदर्श पछ्याउदै ‘आधारशिला’ को नयाँ पुस्ता समाज रुपान्तरणका लागि आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर लागिपरेको अर्का सदस्य ध्रुबराज कार्कीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...