News Portal

  • चीनबाट फर्काइने नेपालीलाई भक्तपुरमा राख्न नदिने स्थानीय नेताहरुको उद्घोष

    भक्तपुरपोष्ट संवाददाता२६ माघ २०७६
    १०९३ पटक
    २६ माघ २०७६

    भक्तपुर । भक्तपुरमा रहेका राजनीतिक दलका नेता एवं जिल्ला प्रमुखहरूले सरकारले चीनबाट नेपाल फर्काउन लागेका नेपालीलाई भक्तपुरमा राख्न नदिने बताएका छन् ।

    नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले चीनबाट फर्काउन लागेको नेपालीलाई उपत्यकामै राख्नु खतरनाक भएको बताए । सरकारले चीनबाट फर्काउने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राख्ने तयारी गरेपछि उनले यस्तो धारणा राखेका हुन् ।

    विजुक्छेले सरकारले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल फर्काउने र तिनीहरुलाई काठमाडौँका चार ठाउँमा राख्ने प्रस्ताव अदूरदर्शी भएको बताउँदै विद्यार्थीलाई नेपाल भित्र्याउनु भन्दा चीनमै राख्नु उनीहरुका लागि सुरक्षित रहेको बताए ।चीनबाट फर्काइएका विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण भएको पाइए त्यसले काठमाडौँमा महामारीको रूप लिनसक्ने सम्भावनालाई नकार्न नमिल्ने भन्दै उनले त्यस्तो अवस्थामा सरकारसँग रोग नियन्त्रण गर्नसक्ने क्षमतासमेत नरहेको बताए ।

    कोरोना भाइरस लागेका सङ्क्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारीसमेत नभएको बताउँदै उनले चीनले सो भाइरसको सङ्क्रमणलाई प्रतिरोध गर्न तीव्रगतिमा काम गरिरहेकाले विद्यार्थीलाई नेपाल फर्काउनु बुद्धिमानी नहुने बताए ।सरकारले हचुवाको भरमा भक्तपुरमा राख्न खोज्नु गलत भएको बताउँदै भक्तपुरमा मात्रै नभई उपत्यकामै राख्ने निर्णय गलत रहेको बताए ।

    नेकपा भक्तपुरका अध्यक्ष वचन देउजाले चीनको वुहानबाट फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्न नहुने बताउँदै बस्तीको बीचमा राख्दा यसले ठूलो जोखिम निम्त्याउने बताए । उनले चीनबाट फर्काइएका नेपालीमा नेपाल आइपुग्दा सङ्क्रमण भएको पाइए त्यसले सङ्कट निम्त्याउने भन्दै अहिलेसम्म केही नबिग्रिएकाले मानवबस्तीमा राख्ने तयारीलाई रोक्नुपर्ने बताए ।

    यता नेपाली काँग्रेसले विज्ञप्ति निकालेरै त्यसको विरोध गरेको छ । नेपाली काँग्रेस जिल्ला सभापति दुर्लभ थापाले सरकारले कोरोना भाइरसलाई अहिलेसम्म गम्भीररूपमा नलिएको बताउँदै सङ्क्रमण भए उपचार कसरी गर्ने भन्नेसमेत तयारी नगरेको बताए ।नेपाललाई सङ्क्रमणबाट कसरी जोगाउने भन्नेमा सरकार गम्भीर नभएको बताउँदै उनले भक्तपुरको मानवबस्ती बीचमा जटिल रूप लिने भाइरसको जोखिम भएका व्यक्तिलाई ल्याएर राख्ने सरकारको निर्णय सच्याउन माग गरे ।

    राप्रपा संयुक्तका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले स्थानीय बासिन्दाको आवाजलाई सरकारले बेवास्ता गरेको भन्दै यहाँका जनताले जोखिम नसहने र यसबाट आइपर्ने कुनै पनि घटनाको जिम्मेवार सरकार हुने बताए ।उनले पनि भक्तपुरमा मात्रै नभई मानवबस्तीको बीचमा चीनबाट फर्कने नेपालीलाई राख्न नहुने जनताको आवाजलाई सरकारले सुन्नैपर्ने बताए ।

    स्थानीय जनताले आज पनि त्यस क्षेत्रमा सरकारको निर्णयको विरोध गरेका छन् भने स्थानीय बासिन्दा त्रासमा बसेका छन् । चाँगुनारायण नगरपालिकाले यसअघि नै नगरसभाबाटै उक्त निर्णय सच्याउन सरकारसँग माग गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...