News Portal

  • विद्यालय व्यवस्थापन समिति खारेज गरौं–शिक्षाविद माथेमा

    क्याविनेट जस्तो विव्यस काम छैन

    भक्तपुरपोष्ट संवाददाता२७माघ २०७६
    २७७६ पटक
    २७माघ २०७६

    काठमाडौं । शिक्षाविद् केदारभक्त माथेमाले विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्ने बताएका छन् ।विव्यसलाई खारेज गरेर विद्यालयहरुमा बोर्ड अफ ट्रस्टि बनाइनुपर्ने उनको भनाइ छ ।

    ‘विव्यस खारेज गरिदिए हुन्छ । विव्यस अहिले प्रअको क्याविनेट जस्तो मात्रै भएको छ ।’ माथेमाले भने ।

    पहिले गाउँ गाउँमा विद्यालयहरु बोर्ड अफ ट्रस्टिका रुपमा रहेको उनको भनाइ छ ।अहिले त्यो रुप नरहेको उनको दावी छ ।

    ‘गाउँका ठूलाठालाहरुले विद्यालय खोलेका हुन्थे । उनीहरुजम्मा भएर विद्यालय सञ्चालनका बारेमा सरसल्लाह गर्थे । लगानी जुटाउथे । सप्ताह लगाउने, चन्दा उठाउने, अन्न उठाउने गर्थे । स्वामित्व हुन्थ्यो नि । हाम्रो विद्यालय भन्ने थियो । अहिले त्यो भएन ।’ माथेमाले भने ।

    सामुदायिक विद्यालयहरुमा कसैको पनि स्वामित्व नहुँदा समस्या भएको उनको भनाइ छ ।

    ‘सामुदायिक विद्यालय कसको हो ? निश्चित नै भएन ।’ माथेमाले भने– ‘हरेक विद्यालयहरुमा स्वतन्त्र व्यक्तिहरुको सञ्चालक बोर्ड भए मात्रै सुधार आउछ ।’ ‘निजी कम्पनीमा बोर्ड अफ गभर्नर हुन्छ  । जसरी निजी कम्पनीको बोर्डले स्वामित्व लिन्छ । कसरी फण्डिङ गर्ने, नयाँ नयाँ योजना बनाउने गर्छ । अब विद्यालयहरुले पनि  बोर्डमार्फत् काम गर्नुप¥यो ।’ माथेमाले भने ।

    सरकारले पनि प्रयाप्त अनुदान र शिक्षक दरबन्दी नदिने विद्यार्थीसँग उठाउन पनि नसक्ने अवस्थाले सामुदायिक विद्यालयहरु कमजोर र अस्तव्यस्त बन्दै गएको उनको भनाइ छ ।

    विद्यालयहरुलाई राजनीतिक अखडा बनाउन नहुने नातावाद, कृपावाद हावी हुन दिन नहुने माथेमाले स्पष्ट पारे ।
    उनले भने–‘शिक्षाको यही अवस्थाले समृद्धि आउँदैन ।’

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...