News Portal

  • गृहमन्त्रीका भाइलाई थुनामा राख्न उच्च अदालतको आदेश

    भक्तपुर संवाददाता
    ७७७ पटक

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेशलाई थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले एक लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न गरेको आदेश उच्च अदालत, पाटनले बदर गरेको हो ।

    अदालत स्रोतका अनुसार प्रमुख नहकुल सुवेदीको इजलासले उनलाई थुनामा राख्न आदेश गरेको छ । अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भदौ अन्तिम साता उनलाई पक्राउ गरेको थियो । हाल केन्द्रीय कारागारमा रहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको समूहका सदस्य पक्राउ परे छुटाउन सहयोग गर्ने आश्वसन दिएको आरोपमा नरेश पक्राउ परेका थिए ।

    निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले जोहरी दिएपछि ब्युरोका डीएसपी निरञ्जन दत्त भट्टले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा अदालतसम्म पुगेको थियो ।जिल्लाले नरेशविरुद्ध स्पष्ट प्रमाण अभाव भएको भन्दै धरौटीमा छाड्न र अन्य प्रतिवादी सुरेन नगरकोटी बलामी, विनोद लामा, शैलेश प्रजापति, पवन खड्का र बीरबल भट्टराईलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका लागि थुनामा राख्न भनेको थियो । यद्यपि, उच्चले नरेशलाई मात्र छाड्नुको कारणमाथि टेकेर थुनामा पठाउन आदेश दिएको हो ।

    ठेकेदारहरूलाई धम्क्याएर पैसा मागेको उजुरी गृह मन्त्रालय हुँदै प्रहरीसम्म पुगेपछि प्रहरीको विशेष ब्युरोले पवन खड्का र सुरेन नगरकोटीलाई पक्राउ गरेपछि दुवैले थापालाई पोलेका थिए । नख्खु कारागारमा राखिएका समीरमानसिंहले जेलभित्रैबाट फिरौती धन्दा चलाएपछि मुस्ताङ कारागार सारिएको थियो ।

    जिल्ला अदालतले अन्य पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाए पनि थापालाई न्यून धरौटीमा मुक्त गरेपछि हिरासतमै राखेर पुर्पक्ष गर्नुपर्ने मागसहित सरकारी वकीलको कार्यालय उच्च अदालत पुगेको हो । जिल्लाले थापासँगै मुछिएका अन्य प्रतिवादी सुरेन नगरकोटी बलामी, विनोद लामा, सैलेश प्रजापति, पवन खड्का र बीरबल भट्टराईलाई मुद्दाको अन्तिम टुंगो नलागुन्जेल पुर्पक्षका लागि थुनामै राख्न भनेको थियो । आदेशविरुद्ध ५ प्रतिवादी र थापालाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी वकीलको दोहोरो निवेदन परेको थियो ।

    उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले ५ प्रतिवादीको हकमा जिल्लाकै थुना सदर र थापाको हकमा धरौटी आदेश बदर गरी पुर्पक्षका लागि थुनामा राख्ने गरी माघ २३ गते आदेश भएको जानकारी दिए । फिरौतीमा समातिएका अभियुक्त खड्काले थापासँग पटकपटक भेटेको र आरोपित कसूरका सम्बन्धमा भएको संवादको विस्तृत विवरणसमेत उल्लेख गरी थापालाई पोल गरेको देखिएको संयुक्त इजलासको आदेशमा उल्लेख छ ।

    ‘कनेक्सन अफ स्काइप कल चार्ट’ बाट बस्नेत र खड्काविच सम्पर्क देखिएको आदेशमा जनाइएको छ । मुख्य न्यायाधीश सुवेदी र न्यायाधीश गौतम संलग्न संयुक्त इजलासले आरोपी खड्काले थापासँग भएको कुराकानीको विवरण उल्लेख गरी अर्का आरोपी जावेद अनवरलाई स्काइपमा म्यासेज गरेको, जेलमा रहेका बस्नेत र सैलेश प्रजापतीको बयानबाटसमेत थापा र खड्कासँग पटकपटक भेटघाट भएको देखिएको भन्दै उच्चले थुनामा राख्नुपर्ने आधार लिएको छ ।

    प्रतिकृया दिनुहोस्

    स्पा सेन्टरका संचालक पौडेल पक्राउ

    रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका...

    भक्तपुर नगरपालिकाले सम्पूर्ण लागत आफै व्यहोर्ने गरी बनाउँदैछ थन्थु दरवार

    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाड्डको नेत्रित्वामा आएको एक टोलीले भक्तपुर नगरपालिकाको पुरानो नगरपालिका भवन रहेको...

    भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प

    भक्तपुरमै केन्द्रबिन्दु गरी भूकम्प गएको छ । भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर मंगलवार राति करिब...

    गीत संगीतले संदेश दिन सक्नुपर्छ : सुनिल प्रजापति

    sunil prajapati bhaktapur

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गीत संगीतले समाजलाई संदेश दिन सक्नुपर्ने प्रष्ट पारेका छन् ।...

    अन्नको सम्मान गर्ने पर्व ‘सकिमना पुन्ही’ सम्पन्न

    sakimana punhi

    अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने...