News Portal

  • नगरसभा उद्घाटन गर्दै बिजुक्छेले भने : कोरोना प्रभावितको व्यवस्थापनमा भूमिका खेल्नुपर्छ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ माघ
    १०९० पटक
    भक्तपुर, २८ माघ

    भक्तपुर जिल्लाकै सबैभन्दा जेठो नगरपालिका भक्तपुर नगरपालिकाको छैटौं नगरसभा शुरु भएको छ । मंगलवार नगरपालिकाको सभाहलमा छैटौं नगरसभाको उद्घाटन भएको हो ।

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छे रोहितले छैटौं नगरसभाको उद्घाटन गरेका हुन् । छैटौं नगरसभाको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई व्यवस्थित बनाउदै लगेको प्रति सन्तोष व्यक्त गर्दै थप सुधारका योजनाहरु अघि सार्न सुझाव दिएका छन् । नगरपालिकाले भक्तपुरको क्यान्सर अस्पतालको अनियमितता र बेथिति रोकेको बताउदै बिजुक्छेले भक्तपुरमा रहेका अरु संघ–संस्थाको काम–कारबाहीहरुमा पनि ध्यान पु¥याउनुपर्ने आवश्यकता औल्याए ।

    उक्त अवसरमा चीनमा फैलिरहेको कोरोना भाइरस बिरुद्ध चिनिया सरकार र चिनियाँ जनताले साहसपूर्वक लडिरहेकोमा अध्यक्ष बिजुक्छेले त्यसमा एक्यवद्धता जनाएका थिए । कोरोना भाइरस चीनमा फैलाउन अमेरिकाको हात हुनसक्ने उनको आरोप छ । ”संसारका अनेक घटनाक्रम तथा युद्धहरुमा अमेरिकी साम्राज्यवादको षड्यन्त्र दृश्य/अदृश्य रुपमा रहने गरेको छ । यस घटनामा पनि अमेरिकाप्रति आलोचनात्मक दृष्टिकोण राख्न आवश्यक छ ।” उनले भने ।

    नेपाल सरकारले विश्व स्वास्थ्य संगठनसँग आवश्यक सहकार्य गरी चीनमा प्रभावित नेपाली मात्र नभई चिनियाँ नागरिकको व्यवस्थापनको लागि समेत भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन् । ‘ आपतको समयमा गरेको सहयोगले मनोबल वृद्धि गर्न मद्दत पु¥याउँछ।” वरिष्ठ नेता बिजुक्छेँले बताए ।

    उक्त अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महिनाको प्रगति समीक्षा प्रस्तुत गर्दै स्थानीय तहको निर्वाचनमा व्यक्त प्रतिबद्धताअनुरुप जनताको भावना समेटेर कार्य गरिरहेको जानकारी गराए । नपाले आफ्ना हरेक गतिविधि नमूनाको रुपमा सञ्चालन गर्दै आइरहेको भन्दै उनले मौलिक पहिचानलाई प्राथमिकता दिइएको दावी गरे । उक्त अवसरमा प्रमुख प्रजापतिले छैटौं नगरसभाबाट केही विधेयक र विनियमहरु पारित गरी लागू गर्ने समेत खुलासा गरेका थिए ।

    नगरसभामा उपप्रमुख रजनी जोशीले न्यायप्रेमी जनताको सल्लाह सुझावलाई आधार बनाएर नगरपालिकाले योजना र कार्यक्रम अघि बढाइरहेको बताएकी थिइन् भने भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व लगायतले सभाबाट विकासको निम्ति आवश्यक नीतिगत निर्णय लिइने बताए ।
    उक्त अवसरमा विशेष अदालतका पूर्व मुख्य न्यायधीश गौरीबहादुर कार्कीले स्थानीय तहमा भ्रष्टाचारको जनगुनासो भएको अवस्थामा भक्तपुर त्यसबाट मुक्त रहेको भन्दै प्रसंसा गरे ।उनले नपा ७५३ वटा स्थानीय तहमध्ये भक्तपुर उत्कृष्ट भएको भन्दै यसले अरुलाई मार्गनिर्देश गर्नसक्नुपर्नेमा जोड दिए ।
    कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याल, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ,भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर ऋषिकेशनारायण श्रेष्ठ लगायतले नगर सभाको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए ।
    नगरसभाको अर्को बैठक २०७६ फागुन १ गते बस्ने गरी मंगलवारको सभा स्थगित गरिएको वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...