News Portal

  • जनयुद्ध दिवसमा सार्वजनिक विदा

    भक्तपुरपोष्ट संवाददाता२९ माघ २०७६
    १५८० पटक
    २९ माघ २०७६

    बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाले जनयुद्ध दिवसका दिन सरकारी विदाको घोषणा गरेको छ। गाउँपालिकाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै फागुन १ गतेका दिन जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने जनाएको छ।

    ताराखोला गाउँपालिका जनयुद्धको उदगम थलोको रुपमा मानिन्छ। यस गाउँपालिकाबाट मात्रै तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा २१ जनाले ज्यान गुमाएका छन् भने २ जना अझै बेपत्ता छन्।

    मुलुकको ऐतिहासिक परिवर्तनमा जनयुद्वले खेलेको भूमिका र यस क्रममा अमुल्य जीवनको बलिदान, त्याग र समर्पण गर्ने योद्धाहरुको सम्झना र सम्मानमा पहिलो पटक सार्वजनिक विदा दिने निर्णय गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको...

    भक्तपुरका ४ पत्रकारलाई पत्रकार महासंघको पुरस्कार र सम्मान

    sanjeep ghimire shubhachintak fnj

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो...

    राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता...

    ४ चिनियाँ नागरिक भक्तपुरमा पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित अरनिको हाइवे बाट ४ चिनियाँ नागरिक पक्राउ...

     नेपालमा सुनको नयाँ किर्तिमान

    नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर...