News Portal

  • १६ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ पुगे

    भक्तपुरपोष्ट संवाददाता२ फागुन २०७६
    १६११ पटक
    २ फागुन २०७६

    काठमाडौं । सरकारले १६ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले १६ जना सहसचिवको सरुवा गरेको हो ।

    सरुवा हुने सहसचिवमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बराल पनि छन् । उनलाई महालेखा नियन्त्रकको कार्यालय काठमाडौंमा काज सरुवा गरिएको छ । यस्तै, सामान्य प्रशासन मन्त्रालयकै अर्का सहसचिव केदार पनेरुलाई अर्थ मन्त्रालयमा काज सरुवा गरिएको छ ।

    जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ९सहसचिव० उमेश बस्नेतलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ भने जितपुर सिमरा उपमहानगरपालिकाका सहसचिव खड्ग बहादुर कार्कीलाई मधेसी आयोग, १ नम्बर प्रदेश प्रमुखको कार्यालयका सहसचि ठाकुर सिग्देललाई कर्णाली प्रदेश प्रमुखको कार्यालयमा काज सरुवा गरिएको छ ।

    धनगढी उपमहानगरपालिकाका सहसचिव हरि खबतीको राष्ट्रिय समावेशी आयोग, वीरगन्ज महानगरपालिकाका सहसचिव कृष्णप्रसाद धितालको राष्ट्रिय दलित आयोग, विराटनगर महानगरपालिकाका सहसचिव भीष्मप्रसाद न्यौपानेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, राष्ट्रिय समावेश आयोगका सहसचिवको राष्ट्रिय योजना आयोग, राष्ट्रिय दलित आयोगका सुशील ढकालको राष्ट्रिय कितावखाना ललितपुर तथा धोराही उपमहानगरपालिकाका टिकाराम ज्ञवालीको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा काज सरुवा गरिएको छ ।

    यस्तै, २ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका तेजराज पाण्डेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका शंकर प्रसाद सुवेदीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कर्णाली प्रदेश प्रमुखको कार्यालयका आनन्द सारुको तुलसीपुर उपमहानगरपालि, तुलसीपुर उपमहानगरपालिकाका कृष्ण कान्त उपाध्यायको ५ नम्बर प्रदेश प्रमुखको कार्यालय र हेटौंडा उपमहानगरपालिकाका सहसचिव उपेन्द्र खनालको उपराष्ट्रपतिको कार्यालयमा काज सरुवा भएको छ ।

    प्रतिकृया दिनुहोस्

    उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।आइतबार उनी डिस्चार्ज...

    भक्तपुरमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न माओवादी केन्द्रका उपमहासचिव पुनको निर्देशन

    पूर्व मन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन अनन्तले भक्तपुरमा प्रतिपक्षीको भूमिका...

    सञ्चारकर्मी एवं साहित्यकार आशुतोषको अमेरिकामा ब्रेकफास्ट गरौंला सार्वजनिक (भिडियोसहित)

    भक्तपुरका सञ्चारकर्मी एवं सुपरिचित साहित्यकार रामगोपाल आशुतोषको शब्दमा उनिएको ‘अमेरिकामा ब्रेकफास्ट गरौंला’ बोलको गीतमा म्युजिक...

    सल्लाघारीमा मौलिक नेवारी स्वादको नेवा: ननी शुरु

    भक्तपुरमा मौलिक नेवारी खाजा र खानाको स्वाद पस्कने नेवाः ननी शुभारम्भ भएको छ । भक्तपुर...

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...