News Portal

  • म्यान्चेष्टर सिटीलाई २ बर्ष खेल्न प्रतिबन्ध

    भक्तपुरपोष्ट संवाददाता३ फागुन २०७६
    ९३२ पटक
    ३ फागुन २०७६

    काठमाडौं ।  इंग्लिस क्लव म्यान्चेष्टर सिटीले २ बर्ष युरोपियन क्लब प्रतियोगिता खेल्न नपाउने भएको छ ।युरोपेली फुटबल महासंघले प्रियिमर लिग क्लब सिटीलाई आगामी दुई सिजनका लागि प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको हो ।युईएफएको क्लब लाईसेन्सिङ र फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको हो । यस्तै प्रिमियर लिगको गत बर्षको विजेतालाई ३० मिलियन युरो जरिवाना समेत गरिएको छ ।

    सिटीले निर्णयले आफु निराश भएपनि कुनै अचम्मित नभएको बताएको छ । निर्णयबिरुद्द सिटीले कोर्ट अफ आर्बिटेशन अफ स्पोर्ट्समा अपिल गर्न पाउनेछ ।प्रायोजन बापतको रकम खातामा गलत देखाएर सन् २०१२ देखि २०१६ सम्म युईएफएमा बुझाएको देखिएकाले युईएफएले कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सिटीले गत सिजनमात्र च्याम्पियन्स लिगबाट ८६ मिलियन पाउण्ड आम्दानी गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...