News Portal

  • वुहानबाट उद्धार गरिएका १७५ नेपाली बिना अवरोध आइपुगे भक्तपुर : स्थानीयप्रति आभार ब्यक्त

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ फागुन
    १४५९ पटक
    भक्तपुर, ४ फागुन

    चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोन भाइरस (कोभेड-१९) को महामारी पछि नेपाल फर्कन चाहेका १७५ जना नेपालीलाई सरकारले उद्धार गरी आइतवार बिहान भक्तपुरस्थित क्वारेन्टाइनमा ल्याइपुर्याएको छ । आफ्ना नागरीक उद्धार गर्न नसकेको चर्को आलोचनाका बीच आइतवार उनीहरुलाई उद्धार गरी भक्तपुर ल्याइपुर्याइएको हो ।

    यस अघि वुहानबाट ल्याइने नेपालीलाई राख्ने निर्णय भए देखि नै असन्तुष्ट भक्तपुर आइतवार भने शान्त रहेको छ । बिहान त्रिभुवन विमानस्थल देखि खरिपाटीस्थित विधुत प्राधिकरणको तालिम केन्द्रमा कायम गरिएको क्वारेन्टाइनसम्म बिना अवरोध आफ्ना उद्धार गरिएका नागरिकलाई राख्न सरकार सफल भएको छ ।

    उनीहरुलाई पर्यटक बसहरुमा राखेर विमानस्थलबाट बिहान करिब ४ बजे भक्तपुरतर्फ ल्याइएको थियो । खरीपाटीसम्म आइपुग्दा नबाटोमा न त क्वारेन्टाइन प्रवेश स्थलमा कतैपनि बिरोध प्रदर्शन नभएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेले जानकारि दिए । समाचारमा सुनिएको जस्तो बिरोध भक्तपुरमा नभएको भन्दै विद्यार्थी खुशी भएका र उनीहरुले सरकार र भक्तपुरका स्थानीयलाई धन्यवाद दिएका लामिछानेले बताए । उनीहरुले स्थानीयप्रति आभार ब्यक्त गरेका थिए ।

    घर फर्किन चाहेका १८५ मध्ये ४ फर्कन नमानेका ६ जनामा शरीरको तापक्रम बढी देखिएपछि फर्कन नपाएका कारण १७५ जना आफ्ना नागरिक लिएर नेपाल वायु सेवा निगमको एयरबस ‘ए३३० अन्नपूर्ण’ विहान करिब ३:३०बजे काठमाडौं आइपुगेको थियो । वुहानबाट उद्धार गरिएकालाई खरीपाटीस्थित क्वारेन्टाइनमा र उनीहरुलाई लिन गएको जहाजका चालकसहित ‘क्याविन क्रु’लाई भने नगरकोटस्थित क्वारेन्टाइनमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...